जुम्ला ः जुम्ला जाहज सेवा मुखि नभई डलरमुखि भएको पाइएको छ । माथिल्लो जुम्लामा मोटरबाटो पुगेपनि सडको स्तरउन्नती नभएकाले भरपदो यातायातको सेवा हवाई जाहज हो । तर निजी कम्पनीका विमान डलर कमाउन भन्र्दै पूर्वतिर उडान भर्ने गरेपछि जुम्लाका यात्रु प्रभावित भएका हुन् ।
टिकट वितरण गरेर उडान भर्न तयार भएका निजी विमान कम्पनीले उडान रद्द गर्दै पुर्वतिर उडान भर्न थालेपछि नेपालगज्जमै ज्म्ला लगायतका कर कर्णालीका धेरै नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए । उनले भने, नेपालगञ्जमै अलपत्र परे । ‘कर्णालीका लागि न भरपर्दो हवाइसेवा छ, न त सुरक्षित सडक यात्रा नै । दसैं–तिहार जस्ता चाडमा पनि ज्यानको बाजी लगाएरै भएपनि सडक यात्रा गर्नुपर्ने बाध्यता छ ।
उनले भने दसैँ–तिहार नजिक आउनै लाग्दा सीता, तारा, समिट एयरले नियमित उडान नगरेपछि दसैँ–तिहार मनाउन जुम्ला फर्किन थालेका जुम्ला बासी र जुम्लाबाट बाहिर जाने नागरिकलाई महाभारत नै हुने गरेको छ ।
वर्षको ६ महिना जुम्ला जिल्लाले धानेका निजी कम्पनीहरू समस्या भएका वेलामा भने जुम्लीलाई पीडा दिँदै आएको जिल्ला समन्व समितिका प्रमुख गौरी नन्द आर्चायले बताए । जुम्ली जनतालाई अप्ठ्यारो भएका वेला निजी कम्पनीका एयरले झनै पीडा दिने गरेको उनको भनाइ छ ।उडान नहँुदासमेत स्थानीय नेताहरूले कुनै पनि पहलकदमी लिन नसकेको उनको भनाइ छ ।उडान भरिरहेका निजी विमान कम्पनीले पर्यटक ओसार्न भन्दै जहाज पूर्वतिर पठाएपछि कर्णालीका हजारौं हवाइ यात्रु अलपत्र परेका छन् ।
कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन् । तर यसरी चाडबाडका बेला जहाज नै उपलब्ध नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको नेपाली काँग्रेसका उपसाभापती कार्म बुढाले बताए ।
त्यस्तै ,चाडबाडमा यात्रु धेरै हुने भएकाले जहाज नियमित उडान गर्नु पर्ने स्यानीयले माग गरेका छन् । नेपाल एयरलाइन्सले पनि नियमित तालिका अनसार उडान नगर्दा यात्रुहरूले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ ।
जुम्ला सडक यातायातको पहुंचमा रहे पनि कर्णाली राजमार्गको स्तरोन्नतिको अभाव तथा बाटोको नाजुक अवस्थाले हवाइ यतायातकै बढी प्रयोग हुने गरेको छ ।
तर हरेक चाडबाडका बेला र पर्यटक आउने सिजनमा नेपाल एयरलाइन्सले पनि नियमित सेवा दिएको छैन । विशेषगरी निजी हवाइ कम्पनीका जहाजहरू पनि दसैं तथा तिहारका बेला जुम्लामा उडान गर्दैनन् । जहाजहरू पर्यटक ओसार्ने भन्दै पूर्वतिर सारेपछि कर्णालीका जनता सेवाबाट वञ्चित भएका हुन् ।
त्यस्तै दशै तिहार जस्ता चाड निजी हवाई कम्पनीका जहाजहरु पनि दशै तथा तिहारको बेला जुम्लामा उडान नगरि आफ्ना जहाजहरु पूर्वतिर सारेर जुम्ली जनतालाई सहज यातायातको पहुँचबाट बञ्चित भएको भन्दै जिल्ला प्रशासनमा सर्वदलिय बैठक बसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी कुमेश कुमार केसारीले बताए । उनले निजी हवाइ सेवा प्रदायक कम्पनीहरूलाई प्रत्येक दिन कम्तीमा एउटा फ्लाइट र नेपाल एयरलाइन्सले समेत नियमित सेड्यूल फ्लाइट राख्नका लागी निणर्य संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सिंहदरवार काठमाण्डाँैमा पठाइने भएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघमा अध्यक्ष नेत्र बहादुर शाहीले संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नको लागि पहल गर्न आबश्यक छ ।
‘कम्पनीहरूले सबै जहाज पूर्व पठाएर यात्रु बिचल्लीमा पार्ने काम जुम्ली जनतालाई सेवा नदिने नियत हो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।भौगोलिक रुपमा अत्यन्तै कठिन र सहज यातायात नभएको कर्णालीका हिमाली जिल्लाहरूको एक मात्र विकल्प हवाइ यातायात सेवालाई लिइन्छ । यसैले पनि हवाइ सेवा नियमित गर्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।