ओम शान्तिले घरेलु हिंसा न्युनिकरणमा महत्वपुण भुमिका खेलेको छ : ब्रमाकुमारी आशा

जुम्ला ः पछिल्लो समयमा ब्रम्हाकुमारी इश्वरीय बिश्य बिद्यालयले जुम्लाले घरेलु हिंसा न्युनिकरणमा सहयोग गरेको छ ।ओम शान्तिले दिने बिभिन्न ज्ञानले सासु बुहारी बिचको आत्मीयता बढाएको हो । ओम शान्तिको ज्ञान लिन आउने यहाँं दैनिकको संख्या वढेको छ ।

त्यस्तै हरेका मान्छेलाई शान्ती,स्वच्छ वातावरणमा मन पर्ने भएकाले सबैको मनमा शान्ति छायको ब्रम्हाकुमारी इश्वरीय बिश्य बिद्यालयले जुम्लाकी प्रमुख संञ्चालिका ब्रम्हाकुमारी आशाले बताइन । उनले भनिन,”मानिसले आफ्नो खुसि मनाउनका लागी पुशुवली दिने काम गलत हो ।अरुको रगत खायर आन्नद लिने कुरा हटाउन जरुरी छ ।

त्यस्तै जिल्ला समन्वय प्रमुख गौरीनन्द आर्चायले ओम शान्ति रक्षाबन्दन जस्ता समाजीक कर्यामा लागेको बताए ।उनले भने जुम्लामा ब्रह्माकुमारी इश्वरी विश्व बिद्यालयले समाजलाई हत्या हिंसा जस्ता कुरा रोक्नु पर्छ भनेर सिकाएको छ । उनले भने, यस्ता कार्यमा सबै एकजुट हुनु पर्छ । उनले भने रहेका मानिसलाई अध्यात्मिक कार्य आबश्यक छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले ईश्वरीय विश्व विद्यालय आपसी सद्भावना, स्नेह र पवित्रताको प्रतिकको रुपमा रहेको बताए । उनले दशैको अवसरमा आयोजना गरेको सुभकामना आदान प्रदान कार्यक्रमले आत्मा शान्ती बनाएको छ । उनले भने,”समाजका विभिन्न व्यत्ति तथा संस्थाका पदाधिकारी जो भएपनि सबैको भगवानले सबैलाई सम्मान तरिकाले हेरेको छ । उनले थपे, छुवाछुत र विभेद मुक्त समाज निर्माणको लागि ओम शान्तिको ज्ञान महत्वपुण छ ।

त्यस्तै  जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले ब्रम्हाकुमारी इश्वरीय बिश्वबिद्यालयले एबं राजयोग प्रशिक्षण केन्द्र जुम्लाले सुरक्षा निकायहरु बिच यस्तो ज्ञान दिन जरुरी रहेको बताए । उनले भने, दशै जस्ता महान चाडपर्वमा पनि डिउटीमा खटिने प्रहरी लगायतका सुरक्षा निकायलाई ओम शान्ति सम्बनधीको ज्ञान दिन आबश्यक छ । उनले थपे,नेपाल प्रहरी २४औ घण्टा नागरिकको सुरक्षाको लागी खटिने भएकाले उनीअरुको आत्मा शान्तिको लागी यस्तो कार्यक्रम आबश्यक छ ।

त्यस्तै नेपाल पत्रकारकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले मानवको जिवन संग जोडिएको यो ठाउँ शान्ति र मनोरञ्जनको लागि बनाइएको जस्तो लाग्ने गरेको छ । यसको ज्ञान सबैले लिन जरुरी छ । उनले भने, प्रचार प्रसारको लागी पत्रकार महासंघ सधै प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित समाचार