जुम्लामा अन्तर्राष्ट्रिय सुचना दिवस : नागरिक स्तरमा सूचनाको हकको उपयोग न्यून

जुम्ला ः जुम्लामा अन्तर्राष्ट्रिय सुचना दिवस मनाइएको छ ।यस अघि र्राष्ट्रिय सुचना दिवस मनाउदै आएको पाइन्थियो । जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय सुचना दिवस मनाइएको हो ।सूचनाको हक लागू भएको लामो समय पुगि सक्दा समेत नागरिक स्तरमा यसको प्रयोग भने न्यून छ । सुचनाको हक प्रयोग गर्नेमा पनि केही विद्यार्थी र पत्रकार भएपनि सर्वसाधारणले भने सूचनाको हक प्रयोग गर्ने गरेको पाइएको छैनन ।

जुम्लाको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सूचनाको हक प्रयोग नागरिक स्तरबाट हुन जरुरी रहेको बताए । उनले मौखिक सूचना आदानप्रदान हुने गरेपनि लिखितमा सुचना माग्न कमै आउने गरेको बताए ।उनले भने,”प्रशासनमा सहायक प्रजिअलाई सूचना अधिकारी तोकिएको छ ।यस्तै सबै निकायले सुचना अधिकराी तोक्न जरुरी छ ।प्रजिअ केसरीले भने,”कुनै नागरिक सुचना पाउने अधिकारबाट बञ्चित हुन हुदैन । उनले भने,”नागरिकले सुचना मागेर कुनै सरकारी कार्यालयले नदिएको उजुरी आए कानुनी प्रक्रियामा जाने बताए ।उनले भने,”यो कार्याक्रमले सूचनाको हक प्रयोग गर्नेमा पत्रकार मात्रै नभइ सबै नागरिकले दायित्व सम्झीने छन ।

त्यस्तै नेपाल पत्रकार हासंघ शाखाका जुम्लाको अध्यक्ष नेत्रबहादुर शाहीले सुचनाको हक सम्बनत्री सर्वसाधारणमा चेतनाको कमी रहेको बताए । उनले भने,”नागरिकको सोचाई सुचना माग्ने काम पत्रकारको मात्रै हो भन्ने छ । उनले भने,”व्यवस्थापिक–संसद्ले २०६४ साल साउन २ गते सूचनाको हकसम्बन्धीको विधेयक पारित गरेको छ ।

सोही दिन पारेर राष्ट्रिय सूचना दिवस मनाउने पनि गरिएको छ । तर नागरिक भने,यस बिषयमा सचेत छैन ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत देवकी रावतले सुचना माग्ने जोसुकैले पनि कुन प्रयोजनको लागी सुचना मागिएको हो भन्ने कुरा खुल्लाउनु पर्ने बताइन । उनले भनिन,”कहिलेकाहीँ भएभरका सूचना मागगर्दा साह्रै समस्या हुने गरेको छ ।

त्यस्तै धेरैजसो कार्यालयले सूचना अधिकारी तोकेपनि व्यवस्थित नहुँदा सूचना लिन समस्या पर्ने गरेको जुम्लाका संञ्चारकर्मीको गुनासो छ । प्रशासनले आयोजना गरेको अन्तर्राष्ट्रिय सुचना दिवस कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका सुचना अधिकारी ,र नेपाल पत्रकार महासंघ संञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार