साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो

माल्दिभ्समा चलिरहेको साबा (साफ बास्केटबल) महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।मालेमा गएराति भएको खेलमा श्रीलङ्कालाई नेपालले ५५–४९ ले हराएको हो । यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ

सम्बन्धित समाचार