जुम्ला ः जुम्लामा बालबालिकाको अधिकारका लागी साझा अभियान चलाइने भएको छ । बालवालिका क्षेत्रमा काम गर्दै आउका गैरसरकारी स्ंस्थाले यस्तो अभियान चलाउने बताएका हुन । गैरसरकारी सबै संस्थाहरु एक जुट भएर वालविवाह न्यूनिकरण , बाल हिंसा ,लगायतका सावाल उठाउने भएका छन ।
लामो समय देखि बालबालिका तथा समाजिक क्षेत्रमा काम गर्दै आउका संस्थाहरुले वालविवाह न्यूनिकरणका लागि सहकार्य गरेर काम गर्न लुज फोरमको गठन समेत गरेका छन् ।जसमा जुम्लामा कार्यरत संस्था पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाईटी,सिएमसि र साग्रिला एशोसियशन लगायतका संस्थाहरुले वालविवाह विरुद्ध साझा अभियान शुरु गरेको पेस नेपालका कार्यक्रम अधिकृत हेमराज भट्टले बताए । उनले भने, कर्णाली प्रदेशमा कार्यरत विभिन्न २५ संस्थाहरुको भेलाले थालिएको अभियान जिल्ला जिल्लामा पुगेको छ ।
जुम्लामा वालविवाह न्यूनिकणका लागि ति सस्थाहरुले सयुक्त अभियान थालेका हुन । वालविवाह न्यूनिकरणका स्थानीय सरकार सँग सहकार्य गरेर काम गरिने भएको छ ।
वालविवाह विरुद्धको साझा अभियानको कर्णालीमा नेतृत्व भने आवाज नामक संस्थाले गरेको छ । अभियानका संयोजक चेतन गिरीका अनुसार वालविवाह कर्णालीमा बढिनै भयो भन्ने छ तर यसको एकिन तथ्यांक छैन् ।
सरकारले निति कार्यक्रममा जोड दिनका लागि, रणनिति निर्माण गर्न आवश्यक छ । जुम्लाका चार स्थानीय तहमा रणनिति योजना निर्माण हुदै गरेको अवस्था रहेको छ । संस्थाहरुको साझा अभियानले यस बिषयमा समन्वय सहयोग गर्न आवश्यक रहेको छ ।
त्यस्तै जिल्लामा साझा अभियानमा सहभागी संस्थाहरुले वैठक समते सम्पन्न भएको छ । वैठकमा अभियानको उद्देश्य, काम र कार्यक्रमका बिषयमा छलफल भएको संयोजक संस्था पेश नेपालका कार्यक्रम अधिकृत भट्टले जानकारी दिए । उनले अनुसार मंगलवार चन्दननाथ नगरपालिकामा सो सवालमा भेटघाट भएको छ ।
नगरपालिकामा नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवी खड्का सहित जनप्रतिनिधिहरु सँग वालविवाह बिषयमा समन्वयात्मक वैठक भएको छ ।
अभियानले चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिका नमूनाको काम गर्ने भएको छ । संघ संस्थाहरुको साझा अभियानमा संचार क्षेत्रलाई समेत जोडेका छन । यस संजालमा नेपाल पत्रकार महासंघलाई जोडिएको र नागरिक समाजलाई समेत जोडिने भएको छ ।