युनियनको बैठकमा जाँदा टिभि टुडेले बर्खास्त गर्याे कर्मचारी

नेपाल प्रेस युनियनको जनकपुरमा सम्पन्न बैठकमा सहभागी भएर फर्किएकी एक कर्मचारीलाई टिभि टुडेले जागिरबाट बर्खास्त गरेको छ ।

भदौ २३ र २४ गते जनकपुरमा आयोजना भएको नेपाल प्रेस युनियको बैठकमा सहभागि भएर पर्किएकी टिभि टुडेकी रिपोर्टर शितल स्नेहीलाई जागिरबाट बर्खास्त गरिएको छ ।

बझाङ घर भएकी स्नेही टिभी टुडेमा उपत्यका रिपोर्टरको रुपमा काग गर्दै आएकी थिइन् ।

२५ गते जनकपुरबाट फर्किएर कार्यालयमा हाँजिरहुँदा टभि टुडेका प्रशासन हेर्ने कर्मचारी विराज पन्तले काम गर्न नआउन भनेको स्नेहीले बताइन् । ‘प्रेस युनियनको कुनै पनि कार्यक्रममा सहभागि हुनका लागि अफिसले छुट्टी दिने गरेको थिएन । संगठनको केन्द्रिय सदस्य हुनका लागि पनि मैले धेरै दुःख गरेकी छु । अस्ति पनि बैठकमा जान्छु भनेर विदा मागेकी थिएँ । तर, विदा दिइएन । जनकपुरको बैठकबाट फर्किएर शनीबार अफिस आउँदा तपाईले अब काम गर्नु पर्दैन । तपाईँको हिसाब गर्दिन्छौँ भनेर एक कर्मचारीले भने ।’ स्नेहीले भनिन् ।

उनी टिभि टुडेमा विगत पाँच महिनादेखि रिपोर्टरको रुपमा काम गर्दै आएकि थिइन् ।

यता, टिभि टुडेका सम्पादक अर्जुनदेव जोशीले यसबारेमा आफुलाई जानकारी नै नभएको बताए । कर्मचारीले आवेगमा आएर केहि भनेको हुनसक्ने जोशी बताउँछन् । शनीबार भएकोले आफु घरमै भएको जोशीको भनाइ छ । स्नेहीलाई जागिरबाट निकाल्ने सम्बन्धमा अज्ञात रहेको उनको भनाइ छ ।

प्रेस युनियनमा आवद्ध पत्रकारहरुले प्रेस युनियनको कार्यक्रममा सहभागि भएकै आधारमा जागिरबाट बर्खास्त गरिएको भन्दै आपत्ति जनाएकाछन् ।

सम्बन्धित समाचार