जुम्लामा निजामती दिवस : कर्णाली मावि अनम नगरका बालबालिकालाई ज्याकेट वितरण
जुम्ला ःजुम्लाको कर्णाली मावि अनमनगरका बिशेष कक्षामा अध्यायरत्त बिद्यर्थीलाई ज्याकेट बितरण गरिएको छ । १९ औँ निजामती दिवसका अवसरमा कर्मचारी मलिान केन्द्र जुम्लाको आयोजनामा ज्याकेट बितरण गरिएको हो । ब्यवसायिक र सिर्जशिल प्रसान , बिकास र समृद्धी शासन भन्ने मुलनाराका साथ जुम्लामा निजामति दिवस बिभिन्न कार्यक्र गरि मनाइएको हो । कणालीमाबि अनमनगरमा रहेको बैहिरा स्कुलमा अध्यायन रक्त ३६ बिद्यार्थी छन । अरु भन्दा फरक क्षमताका बालबालिका अध्यायन गर्ने भएकाले निजामती कर्मचारीले यस्तो कार्यक्रम राखेका हुन ।
समाजिक बिकास कार्यलय जुम्लाका प्रमुख तुलाराज चौलागाइले भने हाम्रो थोरै सहयोगले कसैको ठुलो आबश्यकता टर्न सक्छ । यसकारण हरेका दिवस , जन्मदिन , जस्ता कार्यगर्दा सहयोगी भावनाको बिकास हुन जरुरी छ । सबैले सकरात्क सोच राखेर अगाडी बढेको खण्डमा यस्ता सेवामुखी धेरै काम गर्न सम्भव छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले कर्मचारीको सहकार्य र समन्वयलाई प्रभावकारी बनाईनु पर्ने बताइन । उनले २०१३ सालदेखि नेपालमा औपचारिक रुपले निजामती सेवा सुरु भएको बताइन । निजामती सेवा ऐन २०४९ र नियमाली २०५० अनुसार हरेक दृष्टीले वैधानिक मानिएको संयन्त्रनै निजामती सेवा भएको उल्लेख छ ।राज्य संचालनको बलियो खम्बा मानिने निजामती कर्मचारीहरुको हक हित र अधिकारका लागि राज्य अझै गम्भीर हुनुपर्नेमा जोड दिइन । दिवसका अबसरमा टुडिखेलमा ,मैत्रीपुर्ण फुटबल आयोजना समेत गरिएको थियो ।