पाँच हजार मिटर दौड प्रतियोगितामा जुम्लाका प्रकाश कठायत प्रथम


कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भईरहेको नवौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगिताको पाँच हजार मिटर दौड प्रतियोगितामा जुम्लाका महिला र पुरुष दुवै तर्फ प्रथम भएका छन् ।कर्णाली स्पोर्टस् क्लव जुम्लामा आवद्ध खेलाडी प्रकाश कठायत पुरुष तर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएका छन् । दिर्तियमा जुम्लाकै शेरबहादुर अधिकारी भएका छन् भने तृतियमा सुर्खेतका अजय वि.कले तृतिय स्थान हासिल गरेका छन् । जुम्लाकै अन्तिमा बुढा महिला तर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएकी हुन् । द्धितियमा सुर्खेतकी विमला कार्की र तृतियमा कालिकाटकी निस्पा मल्ल आएकी छन् ।

एक सय मिटर दौड प्रतियोगितामा महिला तर्फ प्रथम सुर्खेतकी बिनु शाही, द्धितिय जुम्लाकी समिता बुढा र तृतिय कालिकोटी रामिरा शाही भएकी छन् ।चार सय मिटर दौड प्रतियोगितामा पुरुष तर्फ जुम्लाका अर्जुन बुढा प्रथम, सुर्खेतका भरत राना द्धितिय, सुर्खेतका गोविन्द श्रेष्ठले तृतिय स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिति जुम्लाका एथेलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाले बताए ।
यस्तै चार सय मिटर दौड प्रतियोगितामा महिला तर्फ सुर्खेतकी रमिता खड्का प्रथम, जुमलाकी निशा पाण्डे द्धितिय र सुर्खेतकी नन्दा कुमालले तृतिय स्थाल हासिल गरेको कर्णाली स्पोर्टस् क्लव जुम्लाका सचिव धनराज सुनारले बताए ।

 

सम्बन्धित समाचार