जुम्ला ः मुगुका गमगडी निबासी दानसिहं बिक प्रतिष्ठानमा उपचारको लागी आएको एक हप्ता भयो । उनी आफै दम रोग भएका जेष्ठ नागरिक हुन । उनी आफ्नो छोरा नवराज बिकको उपचारको लागी आएको बताउछन । उनको ४० हजार जति रुपौया उपचार नगरी खर्च भइसक्यो । होटलको खाना र बासका कारण छोराको उपचारको लागी कसरी खर्च जुटाउने भन्ने चिन्ता छ । उनी भन्छन डाक्टरले उपचार गर्न मानेनन ,हाम्रो आन्दोलन छ भन्दै दिनप्रतिदिन फर्काउने गरेको गुनासो सुनाउदै जुम्ला प्रशासनमा पगेका छन ।
उनी सहित नौ जना बिरामी उपचार नपाएको भन्दै प्रशासन गुहारन पुगेका छन । त्यस्तै चन्दननाथ नौकी मन्नु दमाइ छातिदुख्ने समस्या लियर प्रतिष्ठान पुगेकी थिइन ।प्रतिष्ठानका डाक्टरले आन्दोलन छ भन्दै उपचार गरेको बताउँछिन । उनले भनिन, बिरामीलाई दुख्न दिने काम भएको छ । हाम्रो स्वाथ्य भन्दा डाक्टरको आन्दोलन ठुलो हो । उनले उपचार नगर्ने डाक्टरलाई काबार्ही गर्न माग गर्दै प्रष्ठिान पगेकी हुन ।
यहि भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमर्जेन्सी वाडमा डियुटिमा रहेका डाक्टर करण साहले बालकलाई उपचार गर्न नमाने पछि धनबहादुर शाहीलाई हातपात गर्न बाध्य बनाइएको थियो ।तर ड्युटीमा रहेका डा.करण साह कुटपिट भयो भन्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।
तर डाक्टरले बिभिन्न बाहना बनायर उपचार नगर्दा प्रतिष्ठानमा आउने बिरामीले सास्ती भोग्न बाध्यछन । एसिया इन्टरनेश्नल मोडेल इङ्गलिस स्कुल, जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका २ जुम्ला भण्डारी वाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा.साहले बाल हिंसा गरेको भन्दै मुदा समेत दर्ता भएको छ ।“बाल हिंसाको आरोपमा प्रहरीमा डा.साह विरुद्धमा जाहेरी पर्यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति मागेको छ । अदालतले प्रकाउ पुर्जि जारी गरेको छ ।
जुम्लाका नागरिकले डाक्टर करण साह र शाही बिरुद्ध परेको मुदामाथी अनुशन्धान भइरहदा उपचार नगरेर सेवा बन्द गर्ने काम गरी तलब खाने गर्नुले सरकारी रकमको दुप्रयोग र जुम्ला जन्तामाथी अन्याय भएको भन्दै आन्दोलित भएका छन ।
यता प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले जुम्ली जन्ताले उपचार नभएको बिषयको दुखत भएको बताइन । उनले प्रतिष्ठानका पदाधिकारी सरोकारवाला निकाय बसेर यो बिवाद सुल्झाउन तर्फ छलफल गर्दै आएको बताइन । आफ्नो स्कुलमा अध्यायरत्त बिद्यार्थीले उपचार नपाएको भन्दै , एसिया इन्टरनेश्नल मोडेल इङ्गलिस बिद्यालयका सबै बिद्यार्थीहरु आन्दोलित बनेका छन । त्यस्तै
यस बिषयमा नागरिक समाजका अध्यक्ष राजबहादुर महत भन्छन ,दुवै तर्फका सिसिटिभिका फुटेज बाहिरीएका छन , मुदा पनि दुवै तर्फ परेको दुवैको लगत देखिन्छ । यि दुइका बिवादले जुम्ली नागरिकको उपचार रोक्नु दुखत पक्षहो । यो बिवाद सबैले सुल्झाउन जरुरी छ ।
इमर्जेन्सीबाहेक सबै सेवा ठप्प, सेवाग्राही मर्कामा
डाक्टर पक्राउ पुर्जी जारी भएपछि चिकित्सक आन्दोलित भएको बताइएको छ । प्रतिष्ठानबाट बाहिरीएको पहिलो लडको सिसिटिभि फुटेजमा शाहीले डाक्टर कुटेको मात्रै दुष्यमात्रै देखिन्छ । घटनाका आरोपित अहिले प्रहरी हिरासतमा छन् । केही दिनपछि दोस्रो सिसिटिभि फुटेज सार्वजनिक भएपछि पछिल्लो समय घटनाले अर्को मोड लिएको छ ।
डा.साह कुटि नु भन्दा अगाडिको सीसी टिभी फुटेज सार्वजनिक भएपछि डाक्टर विरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा भदौँ १३ गते बाल अधिकार हननको मुद्दा दर्ता भयो ।जिल्ला अदालत जुम्लाले डा.साहका नाममा भदौँ २० गते पक्राउ पुर्जी जारी गरेपछि झुट्ठा मुद्दा लगाइएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएर भदौँ २१ गतेदेखि इर्मेजेन्सीबाहेर अरु सवै सेवा ठप्प पारका छन् । आन्दोलनकै क्रममा चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । चिकित्सकले आन्दोलित भएर इर्मेजेन्सीबाहेक अरु सवै सेवा ठप्प बनाएपछि सेवाग्राही मर्कामा परेका छन् ।
यहि भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ईमर्जेन्सी वाडमा डियुटिमा रहेका डाक्टर करण साहले बालकलाई उपचार गर्न नमाने पछि धनबहादुर शाहीलाई हातपात गर्न बाध्य बनाइएको थियो ।चिकित्सकहरुले भदौँ २१ गते सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा, ‘भयपूर्ण वातावरणमा सेवा दिन असमर्थ रहेको’ भनि उल्लेख गरिएको छ ।