जुम्ला :कर्णाली राजमार्ग अन्तरगत नाग्म गमगढी सडक खण्डको सिंजा गाउँपालिका – २ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका – ८ रोकायावाडासम्मको खडक खण्डमा काम गरेका मुजदुरले ज्याला पाएका छैनन ।
सिजा गाउँपालिका १ की मुलकली कामीले ज्याला मजदुरी गरेको ज्याला नपाएकाे बताईन । उनले भनिन् दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाएका हुन् । अहिले काम गरेको दुई बर्ष भयो त्यही पनि दिएका छैनन् ।
घर नजिकै आएको विकास निर्माणमा ज्याला मजदुरी गरौँ र केही आएको पैसाले लुगाफाटो र नुनतेल गरौँला भन्ने सोच काम गरेका हाँै । त्यही पनि पाएनौँ सात काम गरेका हौँ ।
यस्तै कनकासुन्दरी गाउँपालिका ८ कि इमिला शाहीले पनि लुगाफाटो र नुनतेल गरौला भन्ने आशाले सडकमा ढुंगा फुटाउने देखि ढुंगा बोक्ने र माटो बालुवा बोक्ने काम गरेको बताए । तर काम गरेको ज्याला नपाएको उनको भनाई छ । उनले भनिन् नखाई नलगाई २० दिन काम गरियो तर ज्यालाको नाममा सुक्को पाइएको छैन । ठेकेदारको बेमाईनीका कारण ज्याला नपाएको उनले गुनासो गरिन् ।
मुनकली र इमिला जस्तै यो सडकमा काम गर्ने झण्डै तीन सय मजदुर ठगिएका छन् । काम सम्पन्न भएको दुई बर्ष भयो अहिलेसम्म ज्याला नपाएका उनीहरुले गुनासो गरेका छन् ।
यो सडकमा काम गर्दा दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्री विक्रीवितरण गर्ने झण्डै एक सय बढी व्यापारीहरुले पनि पैसा नपाएको गुनासो गरेका छन् । ठेकेदारले पछि भुक्तानी दिने भनेर लिएका निर्माण सामग्रीको भुक्तानी नपाएका बताएका छन् । निर्माण सामग्रीको लाखौँ रकम भुक्तानी पाएका छैनन् ।
यो ठेक्काका विषयमा सुरुको काम गर्ने चरणमा काँग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीसँग सडक निर्माण कार्य सम्पन्न पछि बचेको रकम ६५ प्रतिशत र ३५ प्रतिशत आम्दानी लिने मौखिक सहमति भएको मजदुर किसान पार्टीबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा निर्वाचित पुर्व वडाध्यक्ष रणबहादुर राेकायाले बताए । उनले भने अहिले पनि त्यो टेलिफोन रेर्कड सुरक्षित नै छ । मौखिक सहमतिपछि भाई दत्त रोकायालाई काम गर्न लगाएको हो । पछि फेरी भाई दत्त रोकायसँग सम्झौता भएको रहेछ । अहिले एक करोड ५१ लाख भुक्तानी लिन बाँकी रहेको छ ।
उक्त सडक निर्माणका पेटी ठेकेदार दत्त रोकायाका अनुसार ठेकेदारले भुक्तानी नदिएका कारण मजदुरको ज्यालादेखि निर्माण सामग्रीको भुक्तानी दिन नसकेको बताए । उनले भने काँग्रेसको जिल्ला सभापतिसमेत रहेको ठेकेदार कर्णबहादुर शाही र उहाँका भतिजा दिपक शाहीले भुक्तानी नदिएर ठगि रहेका छन् । यो विषयमा जिल्ला अदालत जुम्लामा मुद्दासमेत दायर गरेको छ । एक करोड ५१ लाख भुक्तानी लिन बाँकी रहेको छ । ठगी धन्दा गर्न खोजिएको छ । यस विरुद्ध अदालतमा मुद्दा जाहेरी गएकोले न्याय प्राप्त हुने अपेक्षा गरिएको उनले बताए ।
मजदुरलाई ज्याला नदिएको ठेकेदार दिपक शाहीले स्वीकारे । यो ठेक्काका विषयमा मुद्दा परेकोले अदालतले स्टेअर्डर गर्दा सडक डिभिजन कार्यालयबाट भुक्तानी लिन सकिएको छैन । सडकको निर्माण जिम्मेवारी लिएका ठेकेदार शाहीले भने यो ठेक्कामा कर्णबहादुर शाहीको कुनै संलग्नता छैन । सडक डिभिजन कार्यालयमा मेरो नाममा सम्झौता भएको छ । ६ करोड ७८ लाख रकमको ठेक्का सम्झौता हो । ३ करोड ७० लाख बजेटमा पेटी ठेकेदार दत्त रोकायासँग सम्झौता भएको हो । सम्झौता रकम मध्ये २ करोड ९० लाख ७७ हजार भुक्तानी दिएका छन् । पेटी ठेकेदार रोकायालाई भुक्तानी दिन बाँकी नरहेको उनले बताए । पेटी ठेकेदार रोकायाले काम बिचैमा छोडेका हुन् । काम गरेको सवै रकम भुक्तानी दिई सकेका छौँ ।
उक्त ठेक्कासँग जोडिएका सभापति शाहीले पटक पटक ताकेता गर्दा पनि काम नगर्दा तीन पटक ठेक्का रद्द गरिएको बताए । रद्द गरिएको ठेक्काको पत्र बुझ्न नमानेपछि हुलाकबाट समेत पठाएका छौँ । हाम्रो कसैसँग रकम लिनु पनि छैन दिनु पनि छैन । हेपाया प्रबृत्तिले घटना बनाउन खोजिएको हो । उनले भने यो ठेक्का विषयमा अहिले मुद्दा लडिरहेका छौँ । न्यायलयले न्याय दिने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख विरेन्द्र रावलका अनुसार १३ नम्बरको उक्त ठेक्का खड्का कृष्ण कन्ट्क्सन बाँकेका प्रतिनिधि पिदक शाहीसँग ०७७ सालमा सम्झौता भएको हो । उनले भने सडक स्तरोन्नतिको म्याद थपसहित ०७८ कार्तिक २३ गते सम्पन्न मिति हो । त्यो सडक निर्माण कार्य सम्पन्न भई ५ करोड ७९ लाख भुक्तानी भईसकेको छ । अदालतमा मुद्दा चलिरहेकोले ८६ लाख रकम भुक्तानी बाँकी रहेको छ । ६ करोड ७८ लाख ठेक्का सम्झौता हो ।
मजदुरी देखि व्यापारीले पैसा नपाएको हामीसँग पनि गुनासो आउने गरेको छ । हाम्रो कार्यालय ठेकेदारबाहेक अरु मजदुर र व्यापारीसँग सम्वन्ध जोडिएको हुदैन । यो विषयमा मुद्दा पनि परेकोले अदालतले सडक डिभिजनसँग राय पनि मागेको थियो । दुई पटक राय बुझाएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ