गाउँसमाज सचेत नहुँदा सम्म जुम्लामा बालविवाह घट्दैन : सरकारी वकिल राई

जुम्ला :  नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकाको विवाह गराउन नहुने उल्लेख छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ मा २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने र विवाह गर्नेलाई तीन वर्षसम्म कैद तथा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । बालबालिका सम्बन्धी ऐन २०७५ मा पनि बालविवाह गरेमा दण्डनीय हुने स्पष्ट रुपमा उल्लेख छ । यति धेरै कानूनी व्यवस्था भए पनि कार्यान्वयनमा नआउर्दा बालविवाह कायमै छ ।

जुम्लामा बालविवाहका घटना बढिरहेका छन् तर कानूनी कारबाहीको पाटो निकै कमजोर रहको जुम्ला जिल्ला सरकारी वकिल रेनुका राईले बताइन । उनले भनिन, ‘बालविवाह रोक्न समाजका सबै पक्षले यसमा सहयोग गर्नुपर्छ । गाउँसमाजयसमा सचेत हुन पर्छि र बालविवाहलाई अपराधका रुपमा लिन सक्नुपर्छ । बालविवाह गर्नु गराउनु कानुनविपरीतको काम हो भन्ने सन्देश जुम्ला जिल्लाले फैलाउनुपर्छ ।उनले धार्मिक संस्कार, कन्यादान गरेपछि बोझ घट्ने, छोरी अर्कैको सम्पत्ति हो भन्नेजस्ता सोचले धेरैजसो बालबालिकाको सानै उमेरमै विवाह हुने गरेको छ । यसलाई सामान्यरुपमा लिने र कारबाहीका लागि कानूनी प्रक्रियामा नजाने प्रवृत्ति छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकरी बिजया केमारी प्रसाइले अहिलेसम्म जिल्लामा बालविवाहविरुद्ध मुद्दा चल्न सकेको छैन । उनले भनिन,सूचना आएपछि प्रहरीले पक्राउ गर्ने हो । जुम्लामा समाजका सबैले बालविवाह स्कारेर बसेको देखिन्छ ।
त्यस कारण सरोकार वालाको टोली सचेता दिनका लागी पातारासीका बिद्यालयस्तरमा पुगेको हो । प्रजिअ प्रसाइका अनुसार प्रहरी, प्रशानले समाजमा हुने अपराधिक जन्य क्रियाकलाप रोक्नका लागी सबै पालिकाका बिद्यार्थीलाई सचेतना दिदै आएको छ । बालविवाह , तथा लागुऔषध दुब्र्येसनि , बिपदबाट बच्ने उपायका बारेमा सचेत गराउदै आएको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्ष नरेन्द्र चन्दले कानूनीरुपमा दण्डनीय भए पनि समाजले यसलाई अपराध मान्न नसक्दा समस्या भएको छ । बालविवाहलाई सामान्यरुपमा लिने र कानूनी कारबाहीका लागि कोही पनि प्रक्रियामा नजाने गरेको उनको दाबी छ्।यसले बालविवाह बढ्दै जाने र कानून कार्यान्वयनमा प्रगति नहुने उनको भनाइ छ ।

त्यस्तै शशस्त्र प्रहरीबलका एसपी चित्रङ्गगत दाहालले बालबालिका, अभिभावक र समाज बालविवाहलाई कानूनीरुपमा दण्डनीय भनेर स्वीकार्न तयार नरहेको बताउछन । उनले भने गाउपालिकामा न्यायिक समितिछ ।तर दिनहुँ बालविवाह भइरहेका छन । तर मुद्दाहरू आउने गरेका छैनन।

त्यस्तै तातारासी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक जनमाया रोकायाले भनिन,बालविवाह नियन्त्रणमा ठूलो चुनौती छ ।’ बालविवाहविरुद्ध पातारासीमा विभिन्न अभियान चलाउने बताइन । पातारासीमा रहेको बाल क्लबहरूलाई पनि बालविवाह न्यूनीकरणमा सक्रिय रुपमा लगाउने बताइन ।

त्यस्तै पातारासीगाउँपालिका अध्यक्ष पुणसिंह बोहोराले बालविवाह रोक्नका लागी विद्यालयमा अध्यायनरत्त बालवालिकालाई सरोकारवालाको टोलीले दिइएको सचेतना प्रभाकारी भएको बताए । उनले अनेक प्रयास गर्दा पनि पातारासीमा बालविवाह नियन्त्रण गर्न सकिएको छैन । अब कानूनी उपचारमा जाँदा अभिभावकले सहयोग गनु पर्ने जरुरी छ ।

त्यस्तै बालमैत्री शासन धोषणको क्षेत्रमा काम गर्दै आएको किडार्क नेपालले पनि बालविवाहबाट उनीहरूको जीवनमा धेरै असर परिरहेको बताउदै आएको छ । किडार्क नेपालका श्री भण्डारीले भने, ‘गाउँसमाज सबै सचेत नहुँदासम्म बालविवाह रोक्न कठिन छ  ।हामी सबै बालबालिकाको भविष्यप्रति सबै सचेत हुन जरुरी छ । उनका अनुसार बालविवाहका कारण , गरिबी , अशिक्ष , अरुको देखासिकी , लगायत हुन । उनले भने, बाल संरक्षण, बालविकास, बालबचाउ, बाल अधिकार लगायत ५१ वटा सुचक पार गरेको खण्डमा बालमैत्री पालिका घोष्ण गर्ने सकिने बताए । उनले बालमैत्री पालिका घोष्णाको लागी किडार्क नेपालले काम गर्दै आएको छ ।

जुम्लामा बढ्दै गएको बालविवाह र , लागु पदार्थ दुब्र्यशनि लाइ मध्यनजर गर्दै पातारासी गाउँपालिका, महिला तथा बालवालिका शाखाको आयोजनामा र जिल्ला प्रशासनको समन्वयमा बालविवाह न्युनिकरण, तथा लागु पदार्थ दुब्र्यशनि सम्बनधी एक दिने अभिमुखकण कार्याक्रम गरिएको हो ।

त्यस्तै पातारासी गाउँपालिका, महिला तथा बालवालिका शाखाकी प्रमुख भगवती गिरीले यस्ता खालकाकार्यक्रम अगामी दिनमा महिला शाखाले पनि निरणतरता दिने बताइन । उनले भनिन, बालविवाह गर्नेमा सबै भन्दा बढी बिद्यालयमा अध्यायनरत्त कक्षा नौ र दशका छात्राहरु छन । उनीहरुलाई सचते बनाउ सकेको खण्डमा बालविवाह कही हदसम्म रोक्न सकिने बताइन ।

त्यस्तै बालविवाहका कारण धेरै आमा र बच्चाको मुत्यु हुने गरेको कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठान एकद्धार संकट ब्यवस्थापन केन्द्रमा कार्यरत्त डाक्टर अर्पुव आचार्यले बताए । उनले भने, सानो उम्मेरमा बिवाह गर्दा आमा र बच्चाको ज्यान खतरामा पर्छ । धेरै महिलाको प्रजननस्वाथ्यमा समस्या भएको छ । वालविवाहले स्वाथ्य, शिक्षा ,रोजगारी जस्ता क्षेत्र अबसरबाट महिला बञ्चित हुन परेको छ । उनका अनुसार बालविवाहले बहुविवाह ,घरेलु हिंसा पनि निम्त्याएको पाइन्छ ।

सम्बन्धित समाचार