जुम्ला :नेपाल सहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व जुम्लामा पनी मनाईएको छ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार जुम्लाका क्रिश्चियन धर्मालम्बीले क्रिसमस डे पंञ्चेबाजा र जुम्ला ¥याली सहित मनाएका छन।येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । जुम्लाको इसाई समाजको आयोजनामा क्रिसमसडे मनाईएको हो ।
यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सदभाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
इसाई समाज जुम्लाका अध्यक्ष लंक नाथ यौगीले ‘ख्रीष्टमस’पनि भनिने यस अवसरमा देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिने बताए । उनका अनुसार क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै,शुभकामना तथा बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
जुम्लामा मात्रै नभइ देशको मुख्य सहरहरूमा क्रिसमस महोत्सवको आयोजना गर्ने, आफ्नो घर सफा राख्ने, सपिङ गर्ने, चर्च जाने र प्रार्थना गर्ने, केक काट्ने,साथी भाइसँग भेटघाट गरेर उपहार र शुभकामना साटासाट गर्ने, क्रिसमस ट्रीले चर्च घर र मल सजाउने, क्यारोल खेल्ने,सान्ता क्लाजबाट उपहार लिने, सार्वजनिक स्थलमा क्रिसमस सम्बन्धित सुसमाचारीय कार्यक्रम गर्ने, नाचगान गर्ने आदि नेपाली क्रिसमस पर्वको मुख्य विशेषता रहेको पाइन्छ ।