काँचो स्याउको निर्यात,रोक्न पालिकास्तरमा समन्वय गर्दै,कृषि कार्यालय

जुम्ला ः जुम्लाको कृषि बिकास कार्यालयले स्याउ निर्यातको लागी पालिका स्तरका कृर्षि शाखा , पालिका उत्पादित किसान र ब्यापारि संग छलफल गरेको छ । जुम्ला जिल्लाको पहिचानको रुपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै कृषि कार्यालयले यस्तो खालको छलफल गरको हो ।
बिगत्तका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने झिने आशाले काँचो स्याउ टिपेको गुनासो लाई मध्यनजर गर्दै यस वर्ष कृर्षि कार्यालय जुम्लाले साउनको पहिलो सातमा जुम्लाका आठ वटै स्थानीयतहका कृषि शाखाका प्रमुख , ठुला किसान र ब्यापारि बिच स्याउको बजारीकरण र निर्यातको लागी सरोकारवाला बिच बैठक गरेको कृषि बिकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले बताए । उनले भने, स्याउ परिपक् भएपछि मात्रै टिप्दा राम्रो र गुणस्तर हुने भएकाले सम्बन्धीत पालिकालाई स्याउ टिप्ने समय तोक्ने अधिकार दिइएको थियो । उनका अनुसार जुम्ली स्याउले हाल कलर मात्रै हालेको छ । गुलियोपना भरिन अझै २० प्रतिशत बाँकी छ ।

तर किसानले बढी पैसा कमाउने दाउले परिपक्क नहुँदै स्याउ नेपालगञ्ज काठमाडौं पठाउने गरेका छन् । उनले भने,“यसले गर्दा स्याउको बजारीकरणमा दीर्घकालिन असर पर्ने निश्चित छ । किसानको आर्थिक अबस्था, र स्याउको गुणस्तरलाई मध्यनजर गरी स्याउ निर्यातको लागी मिति तोक्ने जिम्मा सम्बन्धीत पालिकाको कृषि शाखाले नै दिईको छ । यसको समन्वय गर्नका लागी प्रशासन, प्रहरी, पत्रकार महासंघ सहितको टोली लियर कृषि बिकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारी हिमा, तिला, गुठीचौर, र पातारासीगाउँपालिकामा पुगेका हुन ।

निमित्त प्रमुख अधिकारीका अनुसार गुठीचौरले भदौ एक गते पछि मात्रै किसानलाई स्याउ निर्यात गर्न दिने भएको छ ।
त्यस्तै पालिकारासी गाउँपालिकाको कृषि शाखाले भदौ ८ गते पछि स्याउ निर्यात गर्ने निणर्य गरेको छ । त्यस्तै हिमागाउँपालिकाले तल्लो भेगका किसानको लागी भदौ एक गते र माथिल्लो लेकाली भेगका स्याउ किसानको लागी भदौ ५ गते स्याउ टिप्ने समय दिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले भदौ १० गतेसम्म स्याउ नटिप्न सबै किसानलाई अनुरोध तथा चोरी निकासीलाई रोक्न प्रहरी स्थानीय कृषि शाखालाई पत्राचार समेत गरेको छ । तर तिला गाउपालिकाको ५० प्रतिशत स्याउ निर्यात भइसकेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधिले हचुवामै दिएका सिफारिसका भरमा काँचो स्याउ साउन मै सुर्खेत, नेपालगञ्ज, काठमाडौं पुगेको छ ।

साउनमै स्याउ टिपेर बिक्री गर्ने किसान व्यापारीकै कारण जुम्लाको स्याउ खेतीलाई विस्थापित गर्ने र दीर्घकालिन रुपमा असर पर्ने निश्चित भएको छ । यसलाई रोक्न सर्वपक्षियत बलियो संयन्त्र बनाउनु पर्ने कृषि कार्यालयको भनाइ छ । लिता गाउँपालिकाबाट काँचो स्याउ निर्यात भएर बिक्री समेत भइरहेको छ । रातो रंग भरेकै आधारमा स्याउ पाक्यो भन्नु गलत भएको र आगागी वर्षको लागी पालिका पुर्ण रुपमा परिपक्क स्याउ बजारी करणका लागी लागी गर्ने गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनले भने, स्थानीय सरकारले भदौ दोस्रो सातासम्म स्याउ नटिप्न सूचना गर्ने गरेको थियो । किसानले अटेरी गरेका कारण यस वर्षको काँचो स्याउ नरोकिएको हो । ।काँचो स्याउ निर्यात गर्दा क्षणिक कमाई बढी हुने निश्चित व्यक्तिलाई फाइदा भएपनि समग्र जुम्लाको आर्थिक विकास कमजोर हुने र जुम्ली अर्गानिक स्याउको पहिचान जोगाउनै मुस्किल हुने कृषी बिज्ञहरुको भनाइ छ ।

त्यस्तै जुम्लाका स्याउ किसानले स्याउ ढिलो टिपेको खण्डमा कालीकोट जिल्ला लगायतको स्याउले बजार पाउने , जुम्लाको स्याउले मुल्य नपाएको गुठीचौरका किसान पुर्ण प्रसाद जैसीले बताए । उनले भने, हामी स्याउ पाकिसके पछि टिप्न तयार छौँ । तर स्थानीय सरकारले बजारीकरणको जिम्म लिनु पर्ने बताए । उनले भने, पाकिसकेको स्याउ सडक राम्रो नभएका कारण बजारमा पुग्दा सम्म कुहिहेर खेर जाने गरेको बताउछन । स्याउ किसानले जुम्लामा उत्पादन भएको स्याउ सरकारले सबै निर्यात गर्ने जिम्मा लिएको खण्डमा भदौ महिना पछि टिप्न तयार रहेको बताएका छन ।

सम्बन्धित समाचार