मुगुकी सुत्केरी महिलाको टाउकोमा रगत जमेपछि हेलिकोप्टरमार्फत उद्धार
जुम्ला ः एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । कार्मारोङ गाउँपालिका –३ पाखा मुगुकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहका अनुसार चार दिन अघि सुत्केरी हुन अस्पतालमा आएकी लामाको टाउकोमा रगत जमेको छ । उनले भने यस्तो अवस्थामा तत्काल न्यूरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्यूरो सम्वन्धीप्रतिष्ठानमा शल्यशिया नहुने भएकोले काठमाडौँमा रिफर गर्नु परेको हो । बच्चाको अवस्था सामान्य रहेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उनलाइ नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना पश्चात जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गर्नु परेको पहिलो हो । नन्दावक्स गण जुम्लाका गणपति रविन थापाले भने यसअघि उद्धार गर्नु परेको थिएन । जटिल केश भएका कारण उद्धार गर्नुपर्ने अवस्था आएको हो ।