समाज रुपान्तरका लागी समाजबाद क्रन्ति आबश्यक छ : केन्द्रीय अध्यक्ष तिमिल्सेना

जुम्ला :  समाज रुपान्तरणको लागी समाजबाद क्रन्ति आबश्यक रहको माक्र्सबादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाले बताए । शान्ति प्रक्रिया पछि नेकपा माओवादी केन्द्र जुम्लाले पहिलो पटक आयोजना गरेको आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने, माओबदीनै देश र जनताको समृद्धी चाहेने पाटी हो । यसले अब नयाँ ढंगलले अगाडी बढ्नु पर्छ । ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर ।
अबको क्रन्ति समाजबादको लागी हो । समाज रुपान्तरण गर्न माओबादी नै सक्ने अध्यक्ष तिमिल्सेनाले दाबी गरे । उनले तिनदिने आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा सहभागीता जनाएका नेता तथा कार्यकर्तालाई माओबादी केन्द्रको पाटी बिग्रेको भनि अरुलाई आलोचना गर्न आबश्यक नरहेको बताए । उनले पाटी भनेकै तँपाई हामी हो । अरुलाई भन्नु भन्दा पहिला आफ्नो आत्मा समिक्षा गर्न जरुरी हुने बताए । उनले भने, “यो समय बैचारीक ,र शैद्धान्तीक हिसावको हो । सबैले बैज्ञाननिक समाजबादको मुख्य लक्ष्य लियर अगाडी बढ्न आग्रह गरे । उनले भने,“देशभर जति राजनितिक मुदा छन ति सबै माओदीले उठाएका मुदा हुन । यसको पुर्णरुपमा कार्यन्वय तर्फ लैजानका लागी सिंगो माओबादी लाग्नु पर्ने बताए ।

त्यस्तै पुर्व राज्यमन्त्री तथा माओबादी केन्द्रकी केन्द्रीय सदस्य गोमा कुंवरले यस प्रशिक्षण बाट सबैको बिचार एक ढिक्का हुने बताइन। उनले,माक्र्सबादी ज्ञान केन्द्रले हाम्रो खाली दिमागलाई बैचारी ज्ञान दिन महत्वपुर्ण ज्ञान दिने बताइन । उनले भनिन,“यहा प्रशिक्षणमा भाग लिएका सबै बाट राम्रो नतिजा निस्कने बिश्वास गरेको छु ।

त्यस्तै सिजा गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेस कमिटिका सदस्य पुर्ण प्रसाद धितालले माओबादी केन्द्र बाट समाज रुपान्तरण हुनेमा दुईमत छैन । यसका लागी हामी सबैमा भएका कमीकमजोरी सुधारन जरुरी छ । यसले गर्दा बैचारी युद्धको सुरुवात गर्न सकिने बताए ।

त्यस्तै तातोपानी गाउँपालिकाका पुर्व अध्यक्ष नवराज न्यौपाने माकर्सबादी ज्ञान केन्द्र दिएको आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रमले जनयुद्धको झल्को स्मारण गराएको बताए । उनले सहभागीको तर्फबाट बोल्दै उनले माओबादीले युद्धमा गरेका धेरै कुरा बिर्सेको बताए । उनले भने“,यस्ता कार्यक्रम पटक पटक हुन जरुरी छ ।

माक्र्सबादी स्कुलिङ कार्यक्रममा केन्दिय अध्यक्ष मनहरी तिमिल्सेना,माओबादी केन्द्रका बाग्मती प्रदेस सचिवालय सदस्य महेश्वर फुँयाल, महासचिव इन्द्रराज भट्टराइ,सचिब हुमानाथ न्यौपाने, कर्णाली प्रदेश अध्यक्ष रेशम कुमार अधिकारी सहितको टोली जुम्लामा पुगेको थियो । जुम्ला जिल्लामा ३ दिन सञ्चालित माक्र्सबादी स्कुलिङ कार्यक्रममा १ सय ३२ जनाको सहभागीता रहेको थियो ।

 

सम्बन्धित समाचार