शान्ति प्रक्रिया पछि जुम्लामा पहिलो पटक माओबादी केन्द्रलाई माक्र्सबादी स्कुलिङ

जुम्ला : नेकपा माओवादी केन्द्र जुम्लाले पहिलो पटक आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रम गरेको छ । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितको आयोजना र माक्र्सबादी ज्ञान केन्द्रको सहजीकरणमा तिन दिने आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्र गरेको हो । माओबादी केन्द्र शान्ति प्रक्रियामा आएपछि जुम्लामा यस्ता खालका कार्याक्रम भएका थिएनन ।

साउन १४ देखी १६ गते सम्मको लागी यस्तो कार्यक्रम राखीएको माक्र्सबादी ज्ञान केन्द्रका केन्दीय अध्यक्ष मनहरी तिमिल्सेनाले बताए । उनले भने यो कार्याक्रमा बैचारीक ,र शैद्धान्तीक हिसावको हो । कुनै पाटी भित्रको असमतीको होइन । उनले बैज्ञाननिक समाजबाद लक्षित कलास हुने बताए । उनले भने,“देशभर जति राजनितिक मुदा छन ति सबै माओदीले उठाएका मुदा हुन । उनले थपे, समाज रुपान्तरणको लागी यस्ता खालका कार्यक्रम आबश्यक रहेका छन ।

त्यस्तै माक्र्सबादी ज्ञान केन्द्रका महासचिब इन्द्रराज भट्टराइले स्कुलिङ कार्यक्रम दर्शन शास्त्र, राजनितिक अर्थशास्त्र, वैज्ञानिक समाजबाद , बिश्व कम्युनिष्टको उदर्य, नेपालको कम्युनिष्ट आन्दोलन, बिज्ञान प्रविधि जस्ता बिषयमा ज्ञान दिइने छ ।
त्यस्तै माक्र्सबादी ज्ञान केन्द्र कर्णाली प्रदेशका सचिब जयशंकर धितालले माओबादी केन्द्रले समाज रुपान्तरणका लागी बैचारिक ,युद्धको सुरुवात गर्न नसकेको बताए । उनले भने,“ हाम्रा हरेक संघगठनहरु लाल बिचारका हुन जरुरी छ ।

त्यस्तै पुर्व राज्यमन्त्री तथा माओबादी केन्द्रकी केन्द्रीय सदस्य गोमा कुंवरले यस प्रशिक्षण बाट सबैको बिचार एक ढिक्का हुने बताइन। उनले,माक्र्सबादी ज्ञान केन्द्रले हाम्रो खाली दिमागलाई बैचारी ज्ञान दिन महत्वपुर्ण ज्ञान दिने बताइन । उनले भनिन,“ यहा प्रशिक्षणमा भाग लिएका सबै बाट राम्रो नतिजा निस्कने बिश्वास गरेको छु । यसले गर्दा माओबादी पाटीलाई तल्लो स्तरबाट संगठन बस्तिार गर्न थप मदत्त पुग्ने छ ।

त्यस्तै सिजा गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेस कमिटिका सदस्य पुर्ण प्रसाद धितालले माओबादी पाटीबाट स्थानीय तह निर्वाचित भएका जनप्रतिनिधि पुर्व जनप्रतिधिनि, नेता तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइने बताए ।
जुम्लामा शनिबारबाट सूरु गरिएको उक्त आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा केन्दिय अध्यक्ष मनहरी तिमिल्सेना,माओबादी केन्द्रका बाग्मती प्रदेस सचिवालय सदस्य महेश्वर फुँयाल, महासचिव इन्द्रराज भट्टराइ,सचिब हुमानाथ न्यौपाने, कर्णाली प्रदेश अध्यक्ष रेशम कुमार अधिकारी सहितको टोली जुम्लामा पुगेको छ ।माओबादी केन्द्रले जुम्लामा संञ्चालन भएको आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा २ सय जनाको सहभागीता रहेको छ ।









