जुम्लाका महिलालाई हरियो चुरा र मेहेन्दीले रंङगाउदै सन्राइज बैंक

जुम्ला  : सन्राइज् बैंक लिमिटेड शाखा जुम्लाले महिला लक्षित कार्यक्रम ल्याउन थालेको छ । यस बैंकले आफ्नो स्थापनाकाल देखि नै आफ्ना बचत खाताका ग्राहक भएका र नभएका महिलालाई मध्यनजर गरी साउनको महिनामा हरिया चुरा र मेहेन्दीले हात रंङगाउने कार्य गर्दै आएको हो । साउन महिनामा हरियो चुरा र मेहेन्दी लगायर पछि पतिको दीर्घायु हुन्छ ,भन्ने मान्नेताले सबै महिला चुरा र मेहेन्दी लगाउने गर्दछन । हिन्दू धर्मको परम्परागत संस्कृति अनुसार चुरा, टीका, पोते नारीको सौन्दर्यको गहना मानिन्छ।

ज्योतिषशास्त्र अनुसार, हरियो रङ बुध ग्रहको प्रतीक हो। हरियो रङ लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ। अनि यस रङले बुद्धि र समृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास रहिआएको छ। विवाहित महिलाका लागि रातो रङ खुशी र सौभाग्यको प्रतीक हो भन्ने गरिन्छ। अनि हरियो रङ चाहिं परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ ।यसलाई मध्यनजर गरी जुम्ला बजारमा रहेको सन्राइज बैंक शाखाले पनि महिलाहरुको सहजताको लागी यस्तो कार्य गरेको सनराइज बैंक लिमिटेड शाखा जुम्लाका शाखा प्रबन्धक जिवन केसीले बताए । उनले भने,‘ यस बैंकको केन्द्रिय निति अनुसार प्रत्येक वर्ष साउन महिना तथा मेहेन्दी उत्सवको अवसरमा यस्तो कार्यक्रम गर्दै आएको छ  ।उनले भने,“साउन महिनामा महिला दिदिबैनी सोमबार भगवान शिवको व्रत बस्ने, चोखो खाने गरिन्छ । भगवान शिव योगी हुनुहुन्छ। योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ। हाम्रो सन्राइज बैंकले साउनमा मेहेन्दीले सजाऔँ हात ,सन्राइज बैंकको साथ भन्ने मुल नाराका साथ हरियो चुरा ,र मेहिन्दी लगाइ दिने गरेको छ ।

त्यस्तै सन्राइन बैंकले आयोजना गरेको चुरा र मेहेन्दीले हात रंङगाउने कार्यमा सहभागी भएकी संगिता आर्चायले भनिन, यस बैंकले गरेको यो काम महत्वुण छ ।उनले भनिन, हामीलाई मात्रै होइन सामान्ये महिलाका लागी हर्षको कुरा हो । उनले यस्ता कार्यले महिलाको बैंक प्रतिको अपनत्व बढ्ने बताइन ।

त्यस्तै सोही कार्यक्रममा सहभागी कल्पना रावतले पनी महिलाका हात मेहन्दी र चुराले रंगीबिरंगी सजिएको देख्न पाउदा खुसि लागेको बताइन ।उनले भनिन,“साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो ।यो महिना महिलाहरुको हात रंगीन बनाउने कार्य सन्राइज बैंकले गरेकोमा अभारी भएको बताइन । उनले थपिन, “म मात्रै होइन टाढाबाट बैंकको कामले र आफन्तलाई भेट्न आएका महिलाहरुले हरियो चुरा मेहेन्दी उपहार लिएर जाने गरेको बताइन । उनका अनुसार बैंकको यो कार्यले एक अर्कामा माया साटासाट गर्न माध्यम बनेको छ ।

त्यस्तै प्रबन्धक केसीका अनुसार यस बैंकको नाफाको केही प्रतिशत सामुदायको लागी काम गर्ने लक्ष्य अनुसार बिभिन्न गतिबिधि गर्दै आएको छ । उनले भने, “देशभर ,सन्राइज बैंकका एक सय ३९ वटा शाखाले यस्ता कार्य गर्दै आएका छन । प्रबन्धक केसीका अनुसार यस अघि चन्दननाथ नगरपालिकाको र मन्दिर ब्यवस्थापन समितिको समन्वयमा यस बैंकले दान स्वरुप कृष्ण मन्दिरमा डिजिटल, घडी राखीएको छ । यस घडीले सार्वधारण नागरिकका लागी समय हर्ने सहज हुने र अरुका लागी जनहितमा जारी सन्देश दिने काम गरेको छ ।

 

सम्बन्धित समाचार