जात्रा अवधिभर मदिरा बेच विखनमा रोक लगाइने


जुम्ला ः जुम्लामा कर्णालीकै लामो तथा ठूलो जात्रालाई मध्यनजर गरी मदिरा बेचविखनमा रोक लगाइएको छ । नेवार समुदायका प्रमुख पर्वको रुपमा रहेको जात्रालाई मध्यनजर गरी जिल्ला प्रशासनले मदिरा बेचबिखनमा रोक लागाइने निर्णय गरिएको हो ।

त्यस्तै जात्रा अवधिभर खानेपानीको व्यवस्था गर्नका लागी खलंगा खानेपानि उपभोक्ता समिति र उद्योग वाणिज्य संघ आग्रहगर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले बताइन । उनका अनुसार जात्रा अवधिभर अस्थाई स्वास्थ्य शिविर र प्राथमिक उपचारको व्यवस्था गर्न जनस्वास्थ्य सेवासेवा कार्यालय कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकालाई अनुरोध गरिएको छ ।
त्यस्तै फोहोर मौलम ब्यवस्थापन लाई मध्यनजर गरी अस्थायि शौचालय बनाउने निर्णय गरिएको छ । प्रजिअ प्रसाइले जात्राको लागी गरिएका निणर्य कार्यन्वयनका लागी बिभिन्न बिषय तत्त कार्यालय नागरिक समाज स्थानीयतहका प्रतिनिधि सहितको अनुगमन समिति बनाइने भएको छ ।
प्रअिज प्रसाइले सो अवधिभर ट्राफिक व्यवस्थापका लागी जिल्ला प्रहरी जुम्लालाई आग्रह गरिएको छ ।जात्रालाइ मध्यनजर गरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द अन्लालाई अनुरोध गर्ने निर्णय गरिएको छ । जात्रा हेर्न आउने जात्रालुलाई मध्यनगर गरी स्वयम सेवक परिचालन गरिने छ ।उनले भने, यहि साउन १० गतेबाट बिधिवरुपमा सूरु गरिने भएको छ । उनका अनुसार पछिल्ला केहि वर्षयता जुम्लामा मनाइने जात्राको परम्परागत मूल्य मान्यतामा फरक देखिन थालेको छ ।त्यस्तै नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जात्रालाई ब्यवस्थित बनाउनका लागी सुरक्षा कर्मी र सरोकारवाला सबैको सहयोग गर्नु पर्ने बताए ।

त्यस्तै नेपाल पत्रकार महसंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले साँकृतिक संग जोडिएका बिकृति हटाउनु पर्ने बताइन । शाहीले, जुम्लामा देखाइने जात्रामा महिलाले प्रयोग गर्ने भित्रबस्त्रहरुको प्रर्शन रोक्नु पर्ने बताइन । त्यस्तै खाद्य प्रविधि तथा गुणनियन्त्रण डिविजन कार्यालयका प्रमुख डाक्टर इश्वर सुवेदीले साँस्कृति, र धर्ममा नाममा उठाइने शुल्क स्वइच्चुक गर्नु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी प्रसाइले साँस्कृतिक बचाउने नाममा गरिने बिकृत हटायर समाजमा सचेतना मुलक सन्देस दिन जरुरी रहेको बताइन । यो जात्रामा समाजमा रहेका बिसंगत बिकृती अन्त्ये गर्ने खालका सन्देस युवा पुस्ताले देखाउनु पर्ने बताए ।