अपाङ्ग पुनस्र्थापना केन्द्रको छैटो अधिवेशन : अपाङ्गता सवालमा निरन्तर पैरवी गर्नु पर्नेमा जोड


जुम्ला ः अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्रको छैटो चुनावी अधिवेशन शुरु भएको छ । जिल्ला सदरमुकाममा अवस्थित पुनस्र्थापना केन्द्रको अधिवेशन शुरु भएको हो ।अधिवेशनको उद्धाटन जिल्ला समन्वय उपप्रमुख जनक थकाली र प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले गरेका छन ।

त्यस्तै उद्धाटन कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख थकालीले अपांगता क्षेत्रमा गर्नुपर्ने काममा कुनै कसुर नहुने प्रतिवद्धता गरे । उनले दुर्घटना वा प्राकृतिक रुपमा होस अपांगता भएका व्यक्तिको अधिकार, रोजगारी, पुनस्थापना र सचेतनाका कार्यक्रममा स्थानीय तहलाई प्रथामिकतामा जोड दिने बताए ।

त्यस्स्तै प्रमुख जिल्ला अधिकारी बिजय कुमारी प्रसाईले राज्यले वनाएको कानूनको स्थानीय तहमा सचेतान दिन आबश्यक रहेको बताइन । उनले अपांगता भएका ब्यक्तिको क्षेत्रमा अधिकारकर्मीको भूमिका महत्वपूर्ण भएकाले गाउँमै गएर स्थानीय तहको सहकार्यमा काम गर्न जोड आबश्यक रहको बताइन ।प्रजिअ प्रसाइले अहिले स्थानीय तहको अधिकार धेरै भएको हुदा स्थानीय तहलाई बढि जिम्मेवार बनाउन आवश्यक रहेको भन्दै स्थानीय प्रशासनको तर्फबाट आवश्यक सहयोग गर्ने बताइन ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष तथा पुनस्र्थापना केन्द्रका पूर्व अध्यक्ष नेत्रबहादुर शाहीले अपांगता सवालमा संघीय सरकारले जसरी निति बनाएको बताए । उनले सो अनुसारको कार्यान्वयन तथा स्थानीय तहमा क्षमता अभिबृद्धि, सचेतना तथा प्रवर्धनका कार्यक्रमहरुको बढ्वा गर्न आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले लक्षित बर्गका कार्यक्रमहरुमा जोड दिएमा सामाजिक विकास बृद्धि हुनेमा जोड दिए ।

त्यस्तै पुनस्र्थापना केन्द्रका अध्यक्ष नन्दराज धितालले लामो समयमा अपाङ्गता सवालमा संघर्ष गर्दै आएको संस्था र कार्यसमिति, अपांगता भएका व्यक्तिहरु अभियानकर्ताहरुलाई धन्यवाद ज्ञापन गरे ।उनले जुम्लामा करिब छ हजार अपांगता भएका व्यक्ति भएकाले अपांगता भएका व्यक्तिहरुलाई चुनावमा मात्र सम्झिने कामको अन्त्य गर्न आवश्यक रहेकोमा दिए ।

केन्द्रका पूर्वध्यक्ष यज्ञबहादुर बुढ्थापाले सस्थाको जन्म कठिन अवस्थामा भएपनि अहिले हेर्दा निकै राम्रो हुदै आएकोमा जोड दिए । त्यस्तै उपाध्यक्ष कमला बुढाले अझै अपांगता भएका महिलाहरुको अवस्था दर्दनाक भएको भन्दै सचेतना, आयआर्जनका काममा जोड दिइन ।
पुनस्थापना केन्द्रको चुनावीसाधारण सभामा जिल्लाभरका समुहका सदस्य, प्रतिनिधि र साधारणसदस्यहरुको उपस्थिति भएको र वन्दशत्र शुरु भएको महासचिव रामकृष्ण न्यौपानेले जानकारी दिए ।

 

सम्बन्धित समाचार