जुम्ला : पातारासी गाउँपालिकाको बागजाले भन्ने पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । भने ३ सय भेडा बेपता छन् ।१७ गते बेलुकी ३ बजे तिर बागजाले भन्ने ठाउमा परेको चट्याङले पातारासी गाउपालिका ४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका परेका हुन। अप्ठ्यारो भिड भएकाले खोजतलास गर्ने कठिनाइ भएको पातारासी गाउँपालिका अन्गर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए।
प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया भेडा ६० मरेको १८ बेपता ,राम बहादुर रेउलेका भेडा १ सय ७० मरेको २२ बेपता ,संकर नेपाली भेडा २० मरेको १० बेपता ,धर्म रेउले भेडा ६० मरेको २० बेपता र मान बहादुर रोकाया भेडा ७० मरेको १० बेपता बताइएको छ।