जुम्ला : जिल्ला समन्वयन समितिका प्रमुख गौरी नन्द आचार्यले मानिसको जिवनलाई सरल र सहज बनाउँनका लागी मानव अधिकार अयोग लागी परेको बताए । उनका अनुसार आर्थिक, समाजिक, साँस्कृतिक रुपमा गरिने सबै खालका बिभेदको अन्त्य र समानता, समता र न्याय बिकासका सुचकहरु पुरा गर्नका लागी मानव अधिकार आयोगका कार्यक्रम बिद्यालय स्तरमा हुन पर्ने बताए । उनले भने, मानब अधिकारका बारेमा बिद्यालयमा अध्यायनरत्त बालवालिकालाई जानकारी दिन जरुरी छ ।
त्यस्तै जिवन मर्यादा र स्वतन्त्रताको अधिकार शान्ति र समृद्धीको आधार भन्ने मुल नाराका साथ मानव अधिकार अयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफल कार्याक्रमको अयोजना गरेको छ । पाँचौ कार्ययोजनामा मानव अधिकारको प्रत्यायुति गर्न सक्ने वातावरणको सृजना गरीएका ब्यवस्थाका बारेमा छलफल बहस गरिएको छ ।
मानव अधिकारको राष्ट्रिय कार्ययोजनामा समेटिएका १७ वटा बिषय बस्तुमाको बारेमा छलफल भएको छ । जसमा शिक्षा , स्वाथ्य ,खाद्य अधिकार,आवास, श्रभ तथा रोजगार ,बाल अधिकार र बाल न्याय, सामाजिक न्याय ,खानेपानी तथा सरफाइ, लक्षित वर्गको, संरक्षण र शसक्तिकरण,र बिकास बातावरण र दिगो बिकास ,संस्कृति अधिकार, कानुनी सुधार र न्याय प्रशासन, हिरासत तथा कारागार सुधार, संक्रमाणकालिन न्याय, राष्ट्रिय तथा अन्तराष्टि निकायका सिफारिस तथा सुझाब कार्यन्वयन गर्ने मानव अधिकार शिक्षा ,संस्थागत सृद्धिकरण जस्ता १७ वटा बिषय समेटिएको छ ।
देश संघिय ब्यवस्थामा गएपछि यो परिवर्तनशील भएकाले अनेकौं आवश्यकता र परिस्थिति अनुसार विकासको मान्यतामा पनि फेरबदल आइरहेको छ । विकास एक सापेक्षित अवस्था हो र यो निरन्तर चलिरहने प्रक्रिया हो ।शिक्षा, स्वास्थ्य, र खाद्य अधिकार, समानता, न्याय पनि बिकास भन्ने कुरा मनन नगरिएसम्म बिकासले गति लिन नसक्ने मानव अधिकार अयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनीले बताए । उनले भने, मानब अधिकार आफैमा छुट्ट्ै प्रकारको निकार्य होइन । सबै तहतप्का बाट मानब अधिकार कार्यान्वयनका लागी सहकार्य हुन जरुरी छ । उनले मानिसले आफ्ना इच्छा र चाहना अनुसारका सेवा र वस्तुहरुलाइ रोज्ने अवसर पाउनु पर्छ । उनले भने,“वास्तवमा मानव अधिकार र विकास भनेको यहि हो भनेर ठ्याक्कै परिभाषित गराउन सकिने कुरा होइन । यसलाई खुट्याउनु ज्यादै जटिल कुरा हो ।
त्यस्तै जुम्लका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले जुम्लाको हकमा सबै भन्दा बढी महिलाको मानव अधिकार हनन, भएको बताइन । उनले भनिन,‘जुम्लाका महिलाको कार्यबोझ घटाउन पूरुषले सहयोग रेको बताइन ।
महिला बिहानदेखिी राती सम्म काम घटिने तर पूरुष दाजुभाइ सबै चियागफमा समय कटाउने भएकाले पनी महिलाको कार्यबोझ घट्न नसकेको हो । प्रजिअ प्रसाइले भनिन,“महिलाका कर्याबोझका कारण जुम्लाका बालवालिकामा समेत असर परेको छ । आमा २४ घण्टा काममा हुदा बच्चाले समेतर स्यारसुसार नपाउने गरेको बताइन । यसको लागी सबै पुरुषले घरबाटै सूरु गर्नु पर्ने बताए ।
त्यस्तै नेपाल पत्रकारमहासंघका अध्यक्ष नेत्र बहादुर शाहीले बिकास कार्यको हरेक चरणमा मानव अधिकारका सिद्धान्तहरुको पालना गरिनु पर्ने अहिले आबश्यकता हो । तर मानव अधिकारमुखि पद्धतीमा बिकास कार्य सञ्चालन गर्दा मुल रुपमा तीन वटा पक्षमा विशेष जोड दिनु पर्ने देखिन्छ । अधिकारवालाको अधिकार दावी गर्ने तथा कर्तब्यवालाहरुको कर्तब्य पुरा गर्नको लागि सशत्तिकरण, अधिकारवालाको अधिकारको सम्बन्धमा,कर्तब्यवाला तथा अन्य सरोकारवालाहरु माझ सचेतीकरण र उपयुक्त कानूनी तथा सामाजिक संरचनाहरु संगसंगै हातेमालो गरी अगाडी बढ्न जरुरी छ ।