जुम्ला ः गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको सर्वाङ्गीण विकासका लागि सवै उत्तिकै जिम्मेवार रहेको प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईले बताइन । उनले भनिन, कुनै पनि अभिभावकले बच्चा जन्माउने योजनादेखि सर्वाङ्गीण विकास गर्न जिम्मेवार तथा भुमिका निर्वाह गर्नुपर्दछ । यसमा राज्य पनि जिम्मेवारी छ । स्वास्थ्य शिक्षा, शान्ति सुरक्षाको व्यवस्थापनमा हुन्छ ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले चन्दननाथ नगरपालिका शिक्षा शाखा जुम्लाको सहयोग तथा कर्णाली पोष्ट दैनिक जुम्लाको सहजीकरणमा आयोजित गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको सर्वाङ्गीण विकास विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यस्तो बताउनु भएको हो ।
बालबालिकाले भविश्यमा दुख्ख भोग्नु अवस्था नआउन दिनका लागि समय सोच विचार र परिवार योजना बनाउनु पर्ने प्रजिअ प्रसाईको जोड रहेको छ । बालबालिकाको बृद्धि विकासका लागि राज्यले बाल पोषण भत्ता, पोषणयुक्त आहारा (लिटो) वितरण, विभिन्न प्रकारका खोप लगाउने कार्यक्रम सञ्चालन गरेको छ । यसमा अभिभावक सचेत भएर सही सदुपयोग गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाका आमा सुरक्षा कार्यक्रमका संयोजक मोर्चा शाहीका अनुसार बालबालिकामा प्रारम्भिक बाल बिकास उमेरमा उपलब्ध सकारात्मक वातावरणले उनीहरूको स्वास्थ्य, भविष्यको पढाइ, रोजगारीको अवसर र उत्पादनशीलतामा अभिवृद्धि गर्दछ । उनले भनिन,बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागी हुन पाउने अधिकारको सुनिश्चितताले उनीहरूको सर्वाङ्गिण विकासमा टेवा पु¥याउँछ ।
गर्भावस्थादेखि ८ वर्षसम्मका सबै बालबालिकाको शारीरिक, सामाजिक, बौद्धिक, संवेगात्मक र भाषिक विकासको अवसर सुनिश्चित गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको चन्दननाथ नगरपालिका जुम्लाका शिक्षा शाखा खडानन्द चौलागाईले बताए । उनले भनिन,बालबालिकाको बृद्धि विकासका निम्ति अभिभावक, राज्य, सरोकारवाला निकाय जिम्मेवार हुनु पर्दछ ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीका अनुसार बालबालिकाको बृद्धि विकास सानै उमेरमा हुने हो । यसमा अभिावक, राज्य र सरोकारवाला निकायको महत्वपूर्ण भुमिका रहने बताए । उनले भने, समयमा पोषणयूक्त खाना, खोप स्वास्थ्य शिक्षाको व्यवस्थापन गरेको छ । यसको अभिभावकले सही सदुपयोग र सदुपयोग भए नभएको राज्य र सरोकारवाला निकायले निगरानी राख्नु पर्ने उनको भनाई छ ।
गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको सर्वाङ्गीण विकास विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा सरोकारवाला निकाय प्रहरी प्रशासन, स्वास्थ्य शिक्षा, अभिभावक, महिला तथा बालबालिकाको सहभागिता रहेको थियो ।