जेष्ठ नागरिकलाई स्वास्थ्यको पहुजमा पु¥याउन नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर


जुम्ला : सिंजा गाउँपालिकाले स्वाथ्य सेवाको पहुजमा पुग्न नसक्ने जेष्ठ नगरिकलाई स्वाथ्य सेवा दिएको छ ।सिजागाउँपालिकाको ६० वर्ष भन्दा माथी जेष्ठ नागरिकलाई लक्षित गरी स्वाथ्य शिविर संञ्चालन गरेको हो ।
जनस्वाथ्य सेवा कार्यालय जुम्लाको प्रविधिक सहयोगमा र सिजागाउँपालिकाको स्वाथ्य शाखाको आयोजनामा निशुल्क स्वाथ्य शिविर

राखिएको सिंजा गाउंपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए ।उनले भने,‘६० वर्ष भन्दा माथीका जेष्ठ नागरिक लाइ लक्षित गरी शिविर राखिएको भएपनि सबैले उपचार पाएका छन ।

अध्यक्ष धितालका अनुसार १४ गते नराकोट स्वाथ्य चौकीमा ,शनिगाउँ स्वाथ्य चौकीमा र १६ गते धाँपामा रहेको स्वाथ्य चौकीमा शिविर राखीएको हो ।उनले भने,‘सिजाका नसर्ने रोगका जेष्ठनागरिकलाई घरअँगानमै स्वाथ्य सेवा दिने उद्देश्यले पालिकाले आयोजना गरेको हो । त्यहा धेरै नागरिक चेकजाँचका लागी आएका छन ।उक्त तिनदिने शिविरबाट ४ सय ३४ जनाले चेकजाँच गराएका छन । जसमा दुइ सय ३० जना पूरुष र २सय ३१ जना महिलाले चेकजाँच गराएका छन ।

सम्बन्धित समाचार