चेते कुलालको ओडारमा रहस्यमय मृत्यु, दुई जना पक्राउ
चन्दननाथ नगरपालिका १ कुलालवाडास्थित एक ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मुत्यु भएको छ । १५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको समयमै उद्दार नहुँदा गएराति ओडारमै रहस्यमय मृत्यु भएको हो ।
खाद्यन्न र लत्ता कपडाको राहत दिएपनि जुम्लामा बढ्दै गएको अत्यधिक चिसोबाट ओत लाग्ने ठाउँ नहुँदा ओडारमा बस्ने कुलाललाई तलमाथि हुन सक्ने चिन्ता सरोकारवालाले गरिरहेका थिए । चाडै बस्ने आवास घर बनाइदिने, नागरिकता उपलब्ध गराउने तयारीमै रहेपनि कुलालको गएराति रहस्यमय मृत्यु भयो ।
गएको शुक्रबार मात्रै कुलाललाई २ बोरा चामल, सिरक, कम्बल राहत दिइएको थियो । तर उनले तत्तकाल घर बनाइदिन माग गरेका थिए । १५ वर्षदेखि ओडारमा बास बस्दै आएका कुलालले चामल कम्बल चोर्न सक्ने आफु माथि कसैले आक्रमण गर्न सक्ने भन्दै उद्दारका लागि पनि माग गरेका थिए ।
तर प्रशासन प्रहरी, स्थानीय सरकार सरोकारवाला निकायले उनकै राहत उद्दारमा जुटिरहेकै बेला उता कुलालको रहस्यमय मृत्यु भएको स्थानीय रविन कुलालले बताए । उनका अनुसार चेते कुलालको मृत्यु आश्र्चायजनक छ । सुरक्षित बस्ने घर भएको भए यस्तो घटना हुने थिएन होलो उनले भने ।
घटनाको सत्यतथ्य छानविन गरी घटनाको दोषीमाथि कारवाही हुनुपर्ने उनको भनाई छ । प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले ओडारमै बस्दै आएका मृतक चेते कुलालको मृत्यु घटनामा संलग्न संकास्पद दुईजना व्यक्तिलाई नियन्यत्रणमा लिइएको बताए । हाल पक्राउ परेका दुईजना माथि थप अनुसन्धान भइरहेकोले तत्काल नाम ठेगाना नखुलाइएको उनलेको भनाई छ ।
टाउँकोमा गम्भीर चोट लागेर रगत बगीरहेको अबस्थामा भेटिएका थिए । बस्दै आएको ओडार भन्दा धेरै परसम्म कुलालको शव घिसाएको अवस्था थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टम भएका रिपोट अनुसार अनुसन्धान अघि बढ्ने छ ।
अपांग पुनस्र्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार आइएनएफ र जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयोगमा शुक्रबार ६० किलो चामल, एक सिरक, एक डसना र दुई कम्वल राहत उपलव्ध गरेका थियौँ । तर पुस १२ गते विहान राहतको अवस्था कस्तो भन्ने अनुगमन गर्दा पहिलेकै अवस्थामा रित्तो ओडार भेटिएको थियो ।








