जुम्ला बजारको फोहोर व्यवस्थापन गर्न डम्पीङ साइटको अनुगमन

 

जुम्ला ः जुम्लाको एक मात्रै चन्नदनाथ नगरपालिकाको फोहोर बारम्बार बजारमा थुप्रिने समस्या समाधानका लागी ल्याण्डफिल्ड साईडको अनुगमन गरिएको छ । जुम्लाका मुटुमानिने चन्दननाथमा फोहोर व्यवस्थापन नहुँदा त्यसले “अन्य सरुवा रोग निम्त्याउन सक्ने“ भन्दै जुम्लाबासीले चिन्ता व्यक्त गरिरहेका थिए । तर पछिल्लो समयमा नगरपािलका फोहोर ब्यवस्थापन तिर सक्रिय रुपमा लागेको छ ।

अब आम नागरिकका गुनासालाई मध्यनजर गर्दै चन्दननाथ २ वडामा रहेको दुनादुनी भन्ने ठाउमा करिब ४० वर्ष सम्म प्रयोग हुने डम्पीङ साइडको अनुगमन गरिएको छ ।
फोहोर व्यवस्थापनलाई पहिलो प्रथामिकता दिएर हामी अघि बढीरहेका छौ,“प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले भने । विगतका दिनमा केही कारण फोहोर व्यवस्थापनदेखि अन्य काम लक्ष्य अनुसार भएका छैन । त्यो विषयमा समिक्षा गरौला उनले भने ,फोहोर व्यवस्थापनमा जुटेका छौ । स्थानीय नागरिक व्यापारी,पत्रकार कर्मचारी सबैको अभियानहो यो नगरको मात्रै होइन ।

तत्काल फोहोर व्यवस्थापनलाई पहिलो प्रथामिकता दिएर नगरका अन्य सेवालाई पनी छिटो छरितो एकद्धार प्रणालीबाट अघि बढाउने लक्ष्यका रहेको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले बताए । उनले भने ,“जग्गाकोे क्षतीपुर्ति दिनुपर्ने,ल्याण्डफिल्ड साइट सम्म जाने सडक स्तरबृद्धि गर्नुपर्ने स्थानीयको माग यथावत छ । डम्पीङ साइट जाने सडकको स्तरबृद्धीमा सबैको ध्यान गएको छ ।

कम्तीमा १० देखि १५ वर्ष सम्म फोहोर व्यवस्थापन हुन गरी चन्दनाथ नगरपालिका २ भण्डारीबाडाको (दुनादुनी)मा डम्पीङ साइटको व्यवस्थापन भएको चन्दननाथका वाताबरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख लक्ष्मीचन्द्र न्यौपाने बताए । हाल नगरपालिकाले घरायसी फोहोरमैला व्यवस्थापनबाट १ सय,व्यवसायीक फोहोर मैला व्यवस्थापनबाट ३ सय होटलबाट निस्कने फोहोर व्यवस्थापन बाट १ सय र उद्योगबाट निस्कन फोहोर व्यवस्थापन बापत १ हजार बार्षिक रुपमा कर लिने गरेको छ ।
फोहोर छुट्याउने बानी नहुनु
फोहोर व्यवस्थापनको समस्या बारम्बार दोहोरिनुको अर्को प्रमुख कारण फोहोरको स्रोतदेखि व्यवस्थापनका सबै चरणमा फोहोर छुट्ट्याउने कार्य नगरिनु भएको जानकारहरूको भनाइ छ।
एसयाएबी नेपालका नन्दलनल धराला प्लास्टिकजन्य र विद्युतीय फोहोर व्यवस्थापनबारे अनुसन्धानमा समस्या रहेको बताउछन । उनले भने फोहोर व्यवस्थापनको प्रमुख समस्या छ ।“फोहोर व्यवस्थापनमा हरेक व्यक्ति जिम्मेवार बन्नुपर्छ– प्रयोगकर्तादेखि व्यवस्थापकसम्म। हामीले कुहिने, प्लास्टिक, कागज र विद्युतीय फोहोर छुट्याउन जरुरी हुन्छ।