डोल्पाका कृषकलाई उपकरण बितरण

डोल्पा ः डोल्पाको जगदुला गाँउपालिका कृषकलाई उपकरण बितरण गरेको छ ।आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्नका लागी कृषियान्त्रिक उपकरण बितरण गरिएको हो ।
एक कार्यक्रमका विच गाँउपालिकाकाले कृषकहरुलाई पावर टिलर,सिकिचर,आरी,चुना र निलाथुतो बितरण गरेका हुन ।कृषकहरुलाई ब्याबसायिक कृषिमा जोड दिनका लागि उपकरण बितरण गरीएको जगदुला गाँउपालिका प्रमुख नारतसिहं रोकायाल रोकायाले बताए । परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने उदेश्यले कृषकलाई सहयोग गरिएको हो ।

एक वडा एक उत्पादनको निति लिएको गाँउपालिकाले १ थान पावर टिलर, सिकिचर,आरी,चुना र निलोथोतो बितरण गरीएको कृषि शाखाका प्रमुख खडग भण्डारीले बताए । उनले भने ,कृषि यन्त्रिकरणहरु ब्याब्सायिक कृषक समुह, फर्म हरुलाई प्राथम्किता आधारमा बितरण गरीएको छ ।

जगदुला गाँउपालिका भित्रका ११ वटा कृषक समुहलाई सिकिचर,आरी,चुना र निलोथोतो बितरण गरीएको छ । जगदुला गाँउपालिका भित्रका ११ वटा कृषक समुह सभागि भएका मध्य उत्कृट ५ वटा समुहलाई एक एक वटा कृषि यान्त्रिक उपकरण दिइएको हो ।

त्यस्तै जगदुला गाँउपालिका भित्रका गहिरी गाँउ कृषक समुह ५ वडा,कोटेछाच्छु कृषक समुह ४ वडा,प्रगतिशिल कृषक समुह ३ वडा, चैत्त कुषक समुह ५ वडा र कालोमेल कुषक समुह ६ वडाका कृषक समुहलाई एक एक कृषि यन्त्रिक उपकरण पावर टिलर किसानको सहजताका लागी वितरण गरिएको हो ।

कृषियन्त्रहरु नहुदाँ खेतिगर्न असहज भएको थियो कोटेछाच्छु कृषक समुहका उपध्यक्ष ्िश्रलाल वस्नेतले भने,अबको समय तथा खर्चको समेत बचत हुने भयो । उनले थपे, “आमदानि गर्न समेत सहज हुन्छ । प्रत्येक बर्ष कृषक , कृषक समुह तथा ब्याबसायिक कृषि फर्महरुलाई यान्त्र तथा बिउ बिजनहरु दिएर सहयोग गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत केशव राज जैसिले बताए ।