जुम्लाबासीको चिसो मौसमको न्यानो पानी
जुम्ला ः जुम्लाको यतिवेलाको मौसम माइनस ६ दशमलब शुन्य रहेको छ । केही दिन पछि यहाको तापक्रम माइनस १५ डिग्रीभन्दा माथी हुने गर्दछ । स्वाभिक रुपमा चिसो समयमा तातो आबश्यक पर्छ । जसो तसो यहाका नागरिक आफुलाई न्यानो बनाउन सबै प्रयासरत हुन्छन् । चिसोबाट हुन सक्ने विभिन्न समस्यालाई छेल्न पनि न्यायो अति आबश्यक छ ।
त्यसमाथि जुम्लाको माईनस डिग्रीको चिसो मौसममा तातो कसलाई चाहिदैन र ? जुम्ला बासीले हिउदे समयमा तातो लुगालगाउने देखि खानपान तथा सरसफाईका सबै कार्यहरु गर्दै आउने गर्दछन । तातै घरमा खाने, लगाउने कुरा त छदैछ । जुम्लामा धेरै चिसो हुने गरेका कारण यहाको पानी आफै बरर्फ जम्ने गरेको हुन्छ । यहा तातोपनी ताताउनका लागी बत्ती पनी प्रयाप्त छैन । यहाका नागरिकको लागी चिसो मौसममो लागी एक मात्रै न्यानो पानी हो जुम्लाको तातोपानी ।
यो पनीले चिसो मौसममा न्यानो दिने काम गरेको छ । जब जुम्लामा चिसो बढ्छ तातोपानी धारामा नुवाउको लागी आउनेको चाँप बढ्ने गरेको छ । चिसो बढे संगै नुहाउन आउनेहरुको आकर्षण बढ्दो देखिन्छ ।तातोपानी पर्यटक ब्यवस्थापन समिति छ । तिन जना कर्मचारी पनी छन । समितिले तातोपानी धारामा नुवाउनका लागी केही शुल्क तोकेको छ । जुम्लाको हकमा २० रुपैया र जिल्ला बाहिरको हकमा ३० रुपैया ।
यसरी उठाइएको शुल्कले महिनामा २५ हजार तिन जना कर्मचारीको तलब दिइने गरेको छ भने बाँकी समितिको खातामा जम्म हुने गरेको कर्मचारी छक बहादुर बुढाले बताए । उनले भने एक महिनामा ४० देखी ६० हजार शुल्क बाट आम्दानी हुने गरेको छ । तातोपानी नुवाउनका लागी एक दिने १सय ५० जना भन्दा आउने गरेका छन । बुढा भन्छन ,जुम्लामा चिसो बढे संगै तातोपानी धारामा नुहाउनेहरुको संख्यामा पनि बृद्धि हुन्छ । जुम्लाको तातोपानी धारामा नुहाउन आउने जुम्लाका मात्रै नभइ देशभर बाट आउने गरेका छन ।
नसा सम्बन्धी समस्या भएका बढी आउछन ।
सिजा गाउपालिका १वडाकी ५६ वर्षिया खुमेनी दमाइलाई ढाड र खु्ट्टाको जोर्नी दुख्ने समस्या थियो । तातोपानी धारामा नुहाउदा सन्चो भएको बताउँ छिन । उनी मात्रै होइन यस्ता समस्या भएका धेरै तातोपानीको धारामा नुहाउने गरेका छन । तातोपानी धारामा असोज कार्तिकको महिना भन्दा मंसिर लागे संगै ह्वात्तै चिसो बढे पछि तातोपानीमा नुहाउन तथा घुम्न आउनहरुको आकर्षण बढ्दै गएको छ ।साउन भदौ महिनामा छिट्फिट मान्छे आउने तातोपानीमा मंसिर लागे संगै दैनिक रुपमा १ सय बढि भित्री तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।
महिलाका लागी असुरक्षीत
धाराको नुहाउन आउने महिलाका लागी असुरक्षित भएको चन्दननाथ नगरपालिका ५ की सुस्मिता कठायतले बताइन । उनले भनिन, महिलालाई नुहाउने धरामा पूरुष पनी संगै हुदा असुरक्षित महशुस हुने गरेको छ । धारामा नुहाउदै गर्दा पूरुषहरु निहालेर हेर्ने गरेका छन । यसले गर्दा महिला मैत्री छैन । तातोपानीको गाउपालिकाले महिला र पूरुष नुवाउने धारा अलग गर्न आश्यक छ । पछिल्लो समयमा तातोपानी गाउपालिकाको बजेटले दुइ वटा धारा थपेर केही फराकिलो गरेको छ ।
एक ठाउमा महिला र आर्को ठाउमा पूरुषका लागी ब्यवस्थापन गर्न जरुरी छ । पालिकाले ६० लाख बजेट खर्च गरेर शौचालय ,पार्क र धारा निमार्ण गरेको भएपछि ब्यवस्थापना राम्रो भएको छैनन । हिँउदको समयमा तातोपानी प्रति आम नागरिकहरुको बढ्दो आकषर्णलाई देखेर सुरक्षाको अबस्था निकै चुनौती देखिएको छ ।
तातोपानीमा टिकट काट्ने सिस्टम गरेपनी अझै सुरक्षाको अबस्था निकै कमजोर रहेको तातोपानी धारामा नुहाउन गएका हरि बहादुर बुढाले बताए । उनले भने, कोहि चिसो छल्न तथा कोहि साथी भाई बिच रमाईलो गर्न र हेर्नको लागि तातोपानीमा आउन्छन् ।तर व्यवस्थापनालाई मजबुद पार्न सके तातोपानीलाई जुम्लाकै नमुना पर्यटन क्षेत्र बनाउन सकिने उनको भनाई छ। । चिसो बढे संगै तातोपानीमा पर्यटकहरुको देखिएको बढ्दो आकर्षणलाई व्यवस्थापान गर्न तातोपानी गाउँपालिकाले पनि विशेष मध्यनजर गर्नु पर्ने स्थानियको माग छ ।














