दैलेखमा जीप दुर्घटना हुँदा सात जना घाइते
दैलेखमा जीप दुर्घटना भएको छ । मंगलबार २ :३० बजे महाबु गाउँपालिका–६ टाकुरीस्थित दैलेख सदरमुकामदेखि गैडावाजतर्फ जाँदै गरेको अन टेस्ट नम्बरको बोलेरो जीप गैडावाजमा दुर्घटना भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर सात जना घाइते भएका छन् । घाइते हुनेमा महाबु गाउँपालिका–६ टाकुरीका ३२ वर्षीउ जयबहादुर सिजाली, टाकुरीकै अन्दाजस् २२ देखि २३ वर्षीय चन्द्रा मगर, ५० वर्षीय दलबहादुर थापा मगर, ४८ वर्षीय चित्रबहादुर थापा, ४८ वर्षका पुर्णबहादुर सिजाली, १७ वर्षका डेकेश थापा, १७ वर्षीय दीपा थापा रहेको प्रहरीले जनाएको छ ।
जयबहादुर सिजालीको ढाड र छातीमा चोट लागेको छ भने चन्द्राको टाउकोमा चोट। लागेको छ । उनीहरुको अवस्था अवस्था गम्भीर रहेको छ भने दलबहादुरको ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य छ ।
घाइते चन्दा मगरलाई थप उपचारका लागि ३ बजे सुर्खेत रिफर गरिएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अन्यको उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ ।
चालक कुलबहादुर गुरुङ फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ भने जीप सडकबाट १० मिटर तल पुगेको पहरीले जानकारी दिएको छ ।








