जुम्लाबाट छानिए एमाले महाधिवेशन प्रतिनिधि

जुम्ला ः जुम्लामा नेकपा एमालेको १०ओैं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । खुला तर्फ, बल बहादुर महत, टेक राज पछाई , शान्तिलाल महत ,रतन नाथ योगि लाइ प्रतिनिधि चयन गरिएको हो । त्यस्तै महिला तर्फ मेनका पछाई , चुक्कि शाहि रहेको नेकपा एमाले प्रचार विभाग मुल व्यवस्थापन समितिका प्रमुख सुमन आचार्यले बताए ।
उनले भने ,दलित तर्फ राम नेपाली रहेका छन । उनका अनुसार नेकपा एमाले जुम्लाले २०७८ मंसिर १०–१२ गते चितवनमा हुने ऐतिहासिक १०ओैं राष्ट्रिय महाधिवेशनका लागि जुम्ला बाट सर्वसहमतिले चयन गरिएको छ । नेकपा एमाले जुम्लाले यस अघि नै वडा देखी , गाउ हुदै नयर सम्म सहमतिका आधारमा नेतृत्व चयन गरेको बताएको छ ।








