जुम्लामा भलिबल प्रतियोगिता ः महिला तर्फको उपाधी तातोपानी गाउँपालिकालाई

जुम्ला ः जुम्लामा यहि२५ गते देखी सुरु भएको जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सकिएको छ । महिला तर्फको उपाधी तातोपानी गाउँपालिकाको टिमले जितेको छ । उक्त प्रतियोगितामा महिला तर्फ बाट ४ वटा टीमको सहभागीता रहेको थियो । महिला तर्फबाट द्धितीय गुठिचौर गाउँपालिकाको टिम भएको छ ।

त्यस्तै पुरुष तर्फ पातारासी गाउपालिकाको टिमले जित हात पारेको छ । गुठिचौर गाउँपालिका को वडा नम्वर ५ त्रिभुवन माविमा झारज्वलामा जिल्ला स्तरीय तिनदिने भलिबल प्रतियोगिता संञ्चालन गरिएको थियो । पुरुष भलिबल तर्फका फाइनलमा पुगेका तिला गाउँपालिका र पातारासी गाउपालिका बिचको खेलमा पातारासी गाउपालिको टिम बिजयी भएको हो। जसमा तिला गाउँपालिका द्धितीय हुन सफल भएको छ । मुख्य मन्त्री कप हुने खेलमा छनोट गर्नको लागी जिल्लामा महिला र पुरुष भलिबल छनोट खेल भएको थियो ।

पुरुष भलिबलमा पातारासी गाउपालिकाले जित हासील गरे पनि मुख्य मन्त्री कप खेल्न जिल्लाका ६ वटै पालिकावाट खेलाडीहरु छनोट गरेर लिने जिल्ला खेलकुद बिकास समितिले जुम्लाले जनाएको छ । जिल्ला स्तरीय भलिबल प्रतियोगितामा सिंजा गाउँपालिका र चन्दननाथ नगरपालिकाले खेलाडी सहभागि गराउन सकेन ।
प्रतियोगितामा पूरुष तर्फ प्रथम स्थान हासील हुने महिला तथा पूरुष दुवै टिम नगद ५० हजार,मेलड प्रदान गरिएको थियो । महिला तर्फ द्धितिय दुवै टिमलाइ नगद ३५ हजार,सहित मेडल प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगिता आचार्यले बताइन ।
यस्तै खेल अवधिभर सर्वाेउत्स्कृट खेल प्रदेशन गर्ने पूरुष तर्फ पातारासीका हर्क बुढा महिला तर्फ तातोपानी गाउँपालिकाका देवकी देवकोटालाइ प्रमाण पत्र सहित सम्मान गरिएको छ ।पुरुष तर्फ ६ वटा र महिला तर्फ ४ वटा टीमले भाग लिएका थिए ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गुठिचौर गाउँपालिकाको सहआयोजनामा जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता भएको हो । स्वास्थ्यका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने नारा नारा सहित ३ दिने भलिबल प्रतियोगिताको आयोजना भएको थियो ।

जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरीक तथा गृहमन्त्री नरेश भण्डारीले गरेका थिए ।यस्तै कार्यक्रमका प्रमुख अथिति तथा गुठिचौर गाउँपालिका जुम्लाका अध्यक्ष हरिवहादुर भण्डारीले खेल अवधीभर खेल मर्यादित र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने स्थानीय, राजनैतिक दल,युवा,सुरक्षाकर्मी सवैलाइ आभार ब्यक्त गरेका छन ।

खेलमा सबै खेलाडीले अनुशासीत भएर खेल प्रदशन गरेको छ ।यता जिल्ला खेलकुद समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले ग्रामिण क्षेत्रमा खेलको क्षेत्र फाराकिलमे हुन नसकेको बताए । उनले आगामी दिनमा खेलक्षेत्रलाइ परिणाम मुखी बनाउनु पर्नेमा जोड दिएउनले भने संघियताको मर्मअनुरुप खेलकुदमा गतिबिधि खेल वजार केन्द्रित नभएर गाउँ सम्म पुर्याउन आवश्यक रहेको छ । दस्य सचिव संगिता आचार्यले स्थानीयहरुको सक्रियतामा खेल राम्रो संग सम्पन भएको बताइन । उनले मुख्य मन्त्री कपमा छनौट भएका खेलाडीहरुलाई एक महिनाको प्रशिक्षण गराउने बताइन । उनले अन्ये जिल्लाको तुलनामा जुम्लाको खेल जगतलाइ राज्यले उपेक्षा गरेको बताइन ।