सिंजा सभ्याता संरक्षण तथा विकास विधेयक: सूझाव संकलन कार्यक्रम सुरु
कनकाशुन्दरी गडिचाैर
जुम्ला ः यस अघि सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको थियो । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ प्रदेशसभामा दर्ता गराएका हुन ।
उक्त ‘गैरसरकारी विधेयक’ माथीको बहस आईतबार सुरु भएको छ ।
सिंजा सभ्यता संरक्षण तथा बिकास विधेयक २०७८ बिषयमा कर्णाली प्रदेशसभाको आयोजनामा कर्णाली प्रदेश सचिवालयकाे अायाेजनामा र नेपाल पत्रकार महासंघ शाखा जुम्लाकाे समन्वयमा ” सूझाव संकलन कार्यक्रम कनका शुन्दरी गाउपालिकाको ४ वडामा रहेको गडीचाैरमा सुरु भयकाे छ ।सुझाव संकलन कार्यक्रमा जुम्लाका राजनितीदल ,समाजसेवी, बुद्धीजिवी , पत्रकार लगायत सरोकारहरुकाे उपस्थिति रहेकाे छ ।
देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा विकासका लागि आवश्यक ठानिएकाले गैरसरकारी विधेयक दर्ता गराइएको सांसद भण्डारीले बताए । ‘विधेयकले खस संस्कृतिको संरक्षण, प्रचारप्रसारका लागि कोसेढुंगाको काम गर्ने विश्वास लिएको छु,’ भण्डारीले भने यसमाथीको सुझाब संकलन गर्नका लागी एक दिने बहस गर्न खोजीएको बताए ।








