वडा देखि नगर सम्म सहमतिका आधारमा नेतृत्व चयन गरेको नेकपा ऐमालेको दाबी

जुम्ला ः नेकपा एमाले जुम्लाले वडा देखी , गाउ हुदै नयर सम्म सहमतिका आधारमा नेतृत्व चयन गरेको बताएको छ । शुक्रबार पत्रकार भेटघाटमार्फत जुम्लाका ६० वटै वडा कमिटी, नगर र गाउँपालिका स्तरीय कमिटी सर्वसहमत ढंगले चयन गरेको बताएको हो । ऐमालेले एक प्रेस विज्ञप्ती जारी गर्दै ७ सय ५१ महिला र २ हजार ४ सय ४५ जना पुरुष गरि जम्मा ३ हजार १ सय ९६ जना संगठीत सदस्यहरुबाट व्यापक छलफल गरि संगठित सदस्यको आधारमा नेतृत्व चयन गरेको दाबी गरेको छ ।
जसमा २२ प्रतिशत महिला, १३ प्रतिशत दलित, खुल्ला र समावेशी गरि १५ संगठित सदस्य बराबर एक जना जिल्ला प्रतिनिधि छनौट भएको नेकपा एमाले प्रचार विभाग मुल व्यवस्थापन समितिका प्रमुख सुमन आचार्यले बताए । उनले भने २ सय २५ जना सदस्य जिल्ला प्रतिनिधिमा छनौट भएका छन । उनले थपे सबै ठाउँमा नेकपा एमाले जुम्लाले जनवर्गिय संगठन निर्माण गरि आगामी निर्वाचनमा बहुमतका साथ विजय हासिल गर्ने दाबी छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशैँ केन्द्रिय महाधिवेशनमा जुम्लाबाट ७ जना प्रतिनिधि जाने भएका छन् ।
जसमा खुल्लाबाट ४, महिला २ र १ जना दलित प्रतिनिधिले महाधिवेशनमा भाग लिने आचार्यको भनाइ छ । त्यस्तै पार्टी फुटले नेकपा ऐमालेलाई असर नगरेको बताइएको छ । एमालेले राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीलाई उत्साह तुल्याएको छ । वडा स्तरको कमिटी गठनमा नेकपा एमालेका कार्यकर्ताहरुको उल्लेख्य उपस्थित रहेको दाबी छ ।
बैचारिक विचलन विरुद्ध संघर्ष गर्दै फेरि पनि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने ऐतिहासिक अभिभारा एमालेका काँधमा आएको आचार्यले बताए । उनका अनुसार गठनबन्धन भएपश्चात वर्तमान सरकार संवैधानिक व्यवस्थामा झन कमजोर हुँदै गएको आरोपछ ।
नेकपा एमाले जारी गरिएको बिज्ञप्तीमा भनिएको छ । ऐमाले नेतृत्वको सरकारले गरेको विकास निर्माण र जनपक्षिय कामहरुलाई उल्ट्याएर विनियोजित बजेट कटौति गरेको छ । नेकपा एमाले विभाजनका लागि असंवैधानिक हर्कतका साथै संवैधानिक निकायहरुलाई दुरुपयोग समेत गरिएको आरोप एमालले लगाएको छ ।
एमालेले शुक्रबार पत्रकार सम्मेलनमार्फत मुलुकलाई अस्थिरतातर्फ धकेल्दै वर्तमान सरकारले सवत्र विसंगतीको संस्कारको विकास गराएको आरोप लगाएको छ । त्यस्तै राजनीतिक स्थायित्वका लागि ताजा जनादेश भन्दा अर्काे कुनै विकल्प नभएको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताए ।
उनले दशैँ महाधिवेशनले तिनै तहका निर्वाचनमा नेकपा एमालेलाई लोकप्रिय बहुमत हासिल गर्न सम्बद्ध पार्टीपंक्तिलाई ऊर्जा पैदा गरेको बताए । उनले नेकपा एमालेको प्रथम विधान महाधिवेशनले व्यवस्था गरे अनुसार जिल्ला कमिटीमा ८० जना रहेको छ ।
महतले जुम्लाको निर्वाचान क्षेत्र (क) बाट १५ र (ख) बाट १५ गरि जम्मा ३० जना र अन्य ५० जना गरि ८० सदस्यीय जिल्ला कमिटी रहेको बताए । ऐमालेको १ सय ४९ सदस्यीइ आयोजक कमिटी रहेको छ । प्रत्येक वडामा ३१ सदस्यीय, नगर र गाउँपालिकामा ७५ सदस्यीय कमिटी रहेको जानकारी गराइएको छ ।

त्यस्तै मुल व्यवस्थापन समितिका संयोजक जयवहादुर खत्रीले भने ,नेकपा एमालेको केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटको सबै तयारी पुरा छ । सबै वडा, गाउँ र नगरमा सर्वसहमतिका आधारमा नेतृत्व चयन भएको छ । उनले शनिबारका दिन उद्योग वाणिज्य संघ जुम्लाको हलमा हुने प्रतिनिधि छनौट कार्यक्रम रहेको जानकारी दिए । उनले जुम्लाका संञ्चार माध्यममा कार्यरत्त पत्रकारहरुलाइ उपस्थितका लागि आग्रह समेत गरेका छन ।

सम्बन्धित समाचार