प्रतिष्ठानको सेवाप्रभावित छैन ः निमित्त उपकुलपति थापा


जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र उनको सिफारिसमा नियुक्त भएका पदाधिकारीलाई काममा रोक लगाएपछि जुम्लामा एमबीबीएस पढाइ लगायतका अन्य सेवा अन्योलमा परेको भन्ने बिषय भ्रमित भएको निमित्त उपकुलपती डाक्टर निरेश थापाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गरी पदाधिकारीलाई काममा रोक लगाइएपछि एमबीबीएस, बीएमएसलगायतका शैक्षिक कार्यक्रम अवरुद्ध हुने भन्नेर बिभिन्न मिडियामा छापीएको समाचार भ्रमित भएको बताएका हुन । उनले प्रतिष्ठानका नियमित सेवा संञ्चालनमै छन । यस अघि संञ्चालित पठनपाठन र कुनै पनी सेवा रोकिएको छैन ।
नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुनैपनी सेवाप्रभावित नहोस भन्नका लागी निमित्त उपकुलपतिमा सहायक प्राध्यापक डा.निरेश थापा नियुक्त गरेको छ ।

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहिबार देखी प्रतिष्ठानका शिक्षाध्यक्ष डा.थापालाई जिम्मेवारी दिएका हुन ।उपकुलपतिको रुपमा कामकाज गर्ने गरी डा डा.थापालाई जिम्मेवारी दिईएको छ । मन्त्री खतिवडाले डा.थापालाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी थापालाई जिम्मेवारी दिएको छ ।
निमित्त सहायक प्राध्यापक डा.निरेश थापाले प्रतिष्ठानमा एमबीबीएस कक्षा सञ्चालनको लागी सम्पुण तयारी भएको बताए  । उनले मंसिरको तेस्रो साताभित्र एमबीबीएस कक्षा सञ्चालन हुने बताए । उनले भने एमबीबीएस पढाईको लागी बिद्यार्थी भर्ना समेत अन्तीम चरणमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयले एमबीबीएस, बीएमएसलगायतका कुनै पनिी शैक्षिक कार्यक्रम नरोकिने बताए । उनले भने जुम्लामा एमबीबीएस पढाइका लागि २० विद्यार्थीको कोटा तोकिएको छ । जस अनुसार चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाका आधारमा विद्यार्थी भर्ना हुन थालिसकेका छन । प्रतिष्ठानले प्राध्यापकको व्यवस्था, पाठ्यक्रम निर्माण, ल्याब स्थापना, शिक्षक तथा विद्यार्थीका लागि आवास लगायतको व्यवस्था यसअघि नै ब्यवस्थागरि सकेकाले कुनै पनी बाधाअप्रोध नहुने बताए ।

त्यस्तै पत्रकार सम्मेलन मार्फत निमिक्त रजिष्टतर द्धन्द्ध बहादुर शाहीले मन्त्रालयको निर्णयले प्रतिष्ठानका काम प्रभावित नभएको बताए । उनले मंसिरदेखि एमबीबीएस, बीएनएस, बीफार्मालगायतका कार्यक्रम संञ्चालन हुने निश्चित छ । उनले थपे सरकारले प्रतिष्ठानलाई पदाधिकारीविहीन हुन नदिनको लागी दिइएको निमित रजिष्टारको जिम्मेवारी पुरा गर्ने बताए ।
त्यस्तै गत वर्ष उपकुलपति नियुक्ति हुनुअघि नै प्राडा रामप्रसाद उप्रेतीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उक्त निवेदनउपर सर्वोच्चले गत चैत २० गते कर्णालीसहित पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि नबढाउन भन्दै आदेश जारी गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रतिष्ठानलाई विपक्षी बनाई दायर गरिएको उक्त निवेदनको फैसलाको निर्णय भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २७ चैत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ चैतमा पुगेको थियो ।तत्कालीन प्रधानमन्त्री केपी ओलीले २२ चैतमा डा. रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए । अदालतको निर्णय पछि जानकारी भएकाले उपकुलपतिको नियुक्ति कानुनसम्मत रहेको भन्ने कर्मचारीको तर्क छ । शुक्रबार प्रतिष्ठानमा निमित्त उपकुलपति र निमित्त रजिष्ट्रारको उपस्थितिमा पत्रकार सम्मेलन गरी विज्ञप्ति जारी गरिएको हो। विज्ञप्तिमा “विभिन्न संचारमाध्यममा आएका समाचार प्रति ध्यानाकर्षण भएको र कुनै पनि शैक्षिक प्रशासनिक काम नरोकिएको र नरोकिने” उल्लेख छ।

सम्बन्धित समाचार