सरकारबाट बाहिरिएको चिन्ता होइन, प्रणाली भत्किएको छ : प्रदीप ज्ञवाली

काठमाडाैं : नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले तीन तीन पटक प्रधानमन्त्री बन्न असफल भएका शेरबहादुर देउवालाई जस्केलाबाट छिराउने काम भएको बताएका छन्।

प्रतिनिधि सभामा आज प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतमाथिको छलफलमा ज्ञवालीले भने, ‘त्यसकै सहारामा उनलाई प्रधानमन्त्री बनाउने काम भएको छ। उनले संविधानको धारा ७६ २ को अपव्याख्या भएको छ।’

उनले भने, ‘हामीलाई सरकारबाट बाहिरिएको चिन्ता होइन, प्रणाली भत्किएको चिन्ता छ।’ उनले मनमोहन अधिकारीको प्रधानमन्त्रित्वकाललाई विशेष सम्झेका थिए।

अनेक अनैतिक प्रयत्न गरी मनमोहन अधिकारीलाई सरकारबाट च्युत गरिएको भन्दै त्यसबेलाको चर्चा गरे। त्यसैगरी प्रधानमन्त्री केपी ओलीको चर्चा गर्दै ओलीलाई विकासवादी नेताको रूपमा चित्रण गरे।

नेकपा एमाले विधिको शासनमा विश्वास गर्ने भन्दै सर्वोच्च अदालतको फैसलालाई मान्ने पनि उनले बताए। शक्ति पृथककीकरण र लोकतन्त्रलाई एमालेले सधैं विश्वास गर्ने उनले सुनाए।

देउवाबाट शेरबहादुर बर्खास्त गरिएका भन्दै उनले आज देउवा यतिबेला ‘श्रीमान् ५ भएका पनि उल्लेख गरे। युरोकप र कोपा अमेरिकाको खेलको उदाहरण दिँदै उनले जहाँ फल हुन्छ त्यहाँबाट ‘फ्रि किक’ दिनुपर्ने भन्दै सर्वोच्च अदालतप्रति पनि गुनासो गरे। प्रणाली र लोकतन्त्रको बहस हुनुपर्ने भन्दै उनले एमालेलाई यसबारे ज्यादै चिन्ता लागेको बताए।

निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक भएको भन्दै देउवा सरकारले जनताको नासो राजामा बुझाएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाप्रति कटाक्ष गरे। संविधान अक्षर मात्र नभएको भन्दै ज्ञवालीले छातीमा हात राखेर भने, ‘भनाैं ‘यो अदालतले निरंकुश हुन दिन्छ?’ भनी प्रश्नसमेत गरेका थिए।

निर्वाचनमा जाने विषय अलोकतान्त्रिक नभएको उनको जिकिर थियो। संविधानमा को प्रधानमन्त्री बन्न पाउने भन्ने स्पष्ट गर्न व्यवस्था गरेको भन्दै उनले संविधानका धाराको प्रयोगबारे पनि बताए।

सगरमाथाको उचाइ र लिम्पियाधुराको कामप्रति सरकारले आफूहरूलाई सम्झिरहने उनले बताए। साथै उनले आफ्नो सरकारले बनाएका कैयाैं कानुनलाई जनताले सम्झिरहने दाबी गरे।

उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सकेको र विप्लव समूहलाई खुला राजनीतिमा ल्याएको भन्दै आफ्नो सरकारलाई मान्छेहरूले सम्झिरहने पनि बताए। त्यस्तै नाकाबन्दी, पारवहन सन्धि, स्वास्थ्य बिमा जनताले सम्झिरहने बताए। भने, ‘हरेक जनताले मेलम्चीको धारा खोल्दा हाम्रो सरकारलाई सम्झिरहेन्छन्।’

सम्बन्धित समाचार