हुम्लामा मानव अधिकार उल्लंघनका घटनामा कमी

सिमकोट : हुम्लामा मानव अधिकार उल्लंघनका घटनामा कमी आएका छन् । कोरोना कहर र घटना भए प्रहरीमा उजुरी परेर कारबाही हुन थालेपछि मानव अधिकार उल्लंघनका घटनामा कमी आएका हुन् ।

सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले गत वर्षको यो अवधिमा यस वर्ष मानव अधिकारका घटनामा कर्मी आएको जानकारी दिए । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रमका क्रममा विगतका वर्षहरुको तुलनामा यो वर्ष मानव अधिकार उलंघनका घटनाहरु घड्दो क्रममा रहेको इन्सेकको अभिलेखले देखाएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले कोरोना भाइरसकोे प्रभावले जिल्लामा निषेधाज्ञा जारी रहनु र कुनै घटना भए प्रहरीमा उजुरी परेर कारवाही हुने गरेको कारण पनि घटनामा कमी आएको हुन सक्ने बताए । उनले अझै यो संख्यालाई शुन्यमा झार्न सबैको रचनात्मक पहल जरुरी रहेको बताए ।

इन्सेकका जिल्ला प्रतिनिधि नन्द सिंहले यो वर्षको शुरुका ६ महिनामा जिल्लाभर आठ वटा मात्रै घटना अभिलेख हुनुले पनि विगतका वर्षहरुको तुलनामा यस्ता घटनाहरु कमी भएको प्रतिवेदनमा उल्लेख गरिएको बताए ।

जब कि गएको वर्ष यही अवधिमा यो संख्या १७ रहेको थियो । प्रतिवेदन अनुसार आठ घटनामध्ये सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्बन्धित तीन, स्वास्थ्य तथा शिक्षाका अधिकारसँग सम्बन्धित एक, बलात्कार, बलात्कार प्रयास र यौन दुरव्र्यवहारका चार घटनाहरु घटेका छन् । अर्ध वार्षिक समिक्षा कार्यक्रममा छुटेका केही घटनाहरुलाई इन्सेकले संकलन गरेको प्रतिवेदनमा वार्षिक समीक्षामा समेटनु पर्ने सुझाव दिइएको थियो ।

सम्बन्धित समाचार