बारेकोटबाट एक जनालाई हेलिकोप्टरमार्फत उद्धार

जाजरकोटः जाजरकोटको बारेकोट गाउँपालिका –१ सिल्पाचौरमा मिलमा परेर घाइते भएकी विष्णु कुमारी थापालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको  छ । आज विहान (आइतबार) सिल्पाचौरको मिलमा अन्न पिस्न जाँदा मिलमा परेर घाइते भएकी थिइन । घाइते थापालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ल्याइएको थियो ।

उनको उपचार त्यहाँ सम्भव नभएपछि हेलिकोप्टरमार्फत सुर्खेत लगिएको बारेकोट स्वास्थ्य शाखा संयोजक विरराज सिंहले जानकारी दिए । थापा प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत  छन्  ।

सम्बन्धित समाचार