छुई(छाउपडी प्रथा)ले निम्त्याएको रोगबाट मुक्ती खोज्दै महिला

दिलमाया शाही
जुम्ला ःतिलागाउपालिाकाका महिला छुई(छाउपडी प्रथा)ले निम्त्याएको रोगबाट मुक्ति पाउन जुटेका छन । लिही,लर्मि,रारा,तुँही ,घोडे,सुडि,रिपी,ढिपु,मालापानी,राँसा,माथिल्लो खोप्री,तल्लो खोप्री,नुवाकोट,जुम्लाकोट साँपुल्ली र घोडेसिनका महिला जुटेका हुन । अधिंकास गाउमा एक–दुई जना बाहेक सबैमा पाठेघरको समस्या छ। गोठमा बस्दा निम्तिएको रोग असुरक्षित बसाइलाई मध्यजनर गर्दै महिलाहरु यस्तो अभियानमा जुटेका हुन । छुइहुदा गोठमा बस्दा पिडीत बनेका महिला धेरै छन । सामाजिक दवाबका कारण छाउपडीलाई निरन्तरता दिन महिला बाध्य छन्। यस्तो समस्या ग्रामीण भेगका अशिक्षित महिलामा धेरै रहेको पाइन्छ। ७ दिनसम्म घरबाहिर छाउगोठ बस्ने चलन र महिनावारी हुँदा नुनको धुलो र सुक्खा रोटीमात्र खाने गरेका कारण उनिहरुको स्वास्थ्यमा असर परेको हो ।
छुइप्रथा सम्बन्धीको तालिम धामीझाँक्रीलाई आवश्यक

महिनावारीलाई कर्णाली र सुदूरपश्चिम क्षेत्रमा विभिन्न ढंगले व्याख्या गरिएको पाइन्छ। जुम्लामा ’छुई’ भन्ने चलन छ ।जे नाम दिएपनि महिनावारी एक प्राकृतिक प्रकृया हो। यदी महिला महिनावारी नहुने हो भने आमा बन्ने सौभाग्य पनि प्राप्त हुने थिएन। तर, जुम्ला लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अहिले पनि महिनावारीलाई नकारात्मक रूपमा लिने चलन छ। त्यसैले महिनावारी भएको बेला छाउपडीमा छुट्टै राखिन्छ। छाउ हुनु फूल फुलेर फल लाग्नुसरह प्राकृतिक नियम भएपनि पुरातन सोचले हाम्रो समाज थला परिरहेको छ।

छाउपडी प्रथाले यति गहिरो जरो गाड्नुको मूल कारण हो ,ः यसलाई धर्मसँग जोडिदिनुले महिनावारी भएका बेला महिलाहरू शारीरिक रुपले कमजोर भएका छन । आराम चाहिने बेलामा चुलो–चौका र खेतबारीको कामबाट अलग राखिनुपर्छ भन्ने सोचले यो प्रथा बसाएको कतिपयको तर्क छ। तर, यो प्रथाका अन्धसमर्थकहरू महिनावारी भएको बेला महिला अपवित्र हुन्छ भन्ने ढिपी राख्छन्। महिनावारी भएको समयमा परिवारका सदस्यलाई छोइहाले घरमा अनिष्ट हुने, देवी–देवता रिसाएर पाप लाग्ने जस्ता रुढीवादी र अन्धविश्वासका कारण यो कुप्रथा झेल्न महिलाहरू बाध्य छन्।तिला ६ की रामछाया रावतले भनिन्, ‘अब स्वास्थ्य अवस्थालाई दाउमा राखेर गोठमा बस्दैनौ ।महनिावारी भएका वेला घरको एउटा कोठामा सुरक्षित बस्छौ । तर धामी धामीझाँक्रीले हामीलाई छ्ईहुदा घरमा बस्दा देवता लाग्छन नभनिदेहोस , । हामी छुइगोठमुक्त तिला गाउपालिका घोषणा गर्ने अभियान सक्रियता पुर्वक लाग्छौ ,रावतले भनिन ,’पहिला छुई हुँदा ७ दिनसम्म बार्ने चलन थियो, अब तिन दिन सम्म मात्रै बार्ने गर्छाै ।

त्यस्तै तिलाकी अर्की स्थानिय महिला बाँचुकला रावतको पनि भनाइ उस्तैछ ,देउता हामी मानिसले पुजेका हौं, तर देउताकै कारण गोठमा बस्न बाध्य बनाउने धामी झाँक्री हुन्, उनीहरूले घरमा बस भनेको खण्डमा हामी सरसफाई गरेर बस्न तयार छौं।’देउता रिसाए आँखा र कान फुट्ने र घरमा अनिष्ट हुने भन्ने त्रास किशोरीहरूमा फैलाइन्छ र उनीहरूलाई जीवनभर महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने गरी आतंकित पारिन्छ। यसो गर्नेको अग्रपङ्क्तिमा धामी र झाँक्रीहरू हुन्छन्। त्यसपछि छाउ बस्दाको कष्ट भोगका आमा, दिदीबहिनी र सासुलगायत घरका अरू सदस्यले पनि रजस्वला हुँदा असुरक्षित छाउगोठकै बाटो रोजनु पर्छ ।
छाउगोठमुक्त अभियानमा जुटे, तिलाका महिला

आमा महिनावारी हुँदा बच्चासमेत छाउगोठमा बस्नु पर्ने कुरीतिका रुपमा रहेको छुई(छाउपडी प्रथा)लेथिचिएका महिला छुइ गोठमुक्त अभियानमा जुटेका छन। महिनाको ७ दिन छाउगोठमै बसेका बेला छोरा र छोरीले आफूसँगै सुताउदै आएका तिलागाउपालिकाका महिला पछिल्लो समयमा छुइगोठमुक्त अभियानमा सक्रिय रुपमा लागेका हुन । महिनावारी भएका बेला घरमा बसे हातखुट्टा भाँचिने, पोट दुख्ने लगायतका विभिन्न समस्या हुने धामी–झाँक्रीले बताइदिँदा जुम्लाका महिला मानसिक रूपमै छाउपडी प्रथाको सिकार भएका छन । घरमा बसे अनिष्ट हुने ’अन्धविश्वास’का कारण तिलागाउपालिकाका ग्रामिण भेगका महिला र किशोरीहरू यस अघि महिनावारी हुँदा गोठमै रात बिताउँदै आएका थिए । तर पछिल्लो समयमा तिला गाउँपालिका र सर्वोदय नेपालसँगको साझेदारीमा तिलाका हरेक बस्तीका महिला सँग छुईगोठमुक्त गर्ने सवालमा छलफल चलाए पछि त्यहाका महिला छुइगोठ मुक्त गर्नका लागी तयार भएका हुन ।
तिलागाउपालिकाकी उपाध्यक्ष बिष्णुमाया बुढाले भनिन, पहिला सुत्केरी हुँदा होस् वा महिनावारी भएको अवस्थामा होस्, गोठमा बस्ने चलन थियो ।

आहिले सुत्केरी हुदा अधिकांस महिला घरमै बस्छन । यो छुईप्रथा जस्तो कुरीतिलाई हटाउनकै लागी हामी लागेका छौ । उनले भनिन, सर्वोदय नेपाल र पालिकाको साझेदारीमा छुईगोठमा बस्ने होइन घरको सुरक्षित कोठामा बस्नुपर्ने अभियान चलाए पछि महिला घरमा बस्ने भएका छन । उनले थपिन , छुई हुँदा महिलाले गाईवस्तुसँगै बस्नुपर्ने बाध्यता ,गोठमा बस्दा स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव जस्ता कुराको ख्याल गर्दै यो अभियान संञ्चालन गरेका हौँ । त्यस्तै महिला महिनावारी भएकै बेला गोठमा बस्ने बध्यता हटाउनकै लागी र महिलाको स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै धामी झाँक्री, सासूससुरा, पुरुष, किशोर–किशोरी सबैसँग राखेर छलफल गरिरहेको ,सर्बाेदय नेपाल जुम्लाका निर्देशक कमल खत्रीले बताए । उनले भने , छाउपडिकै कारण त्यहाँका धेरै महिलाले पीडा भोगिरहेका छन्। उनले थपे , ‘असुरक्षित र अस्वस्थ ढंगले छाउ बार्दा महिलामा निम्तिने मध्यको पाठेघर खस्ने समस्या प्रमुख हो। महिनावारीका बेला पोसिला खानेकुरा खान नदिँदा र भारी बोक्ने काम गर्दा महिलामा पाठेघर खस्ने समस्या बढेको बिभिन्न अध्यायनले देखाएको छ ,।

निर्देशक खत्री भन्छन ,’ग्रामीण भेगका महिलालाई घरायसी कामको चाप बढी हुने , छुइहुदा गोठमा बस्नु पर्ने लगायतका कारण पाठेघरमा फोहोर जम्मा हुने गर्दछ। जसले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुने भएकाले हामीले यस्तो अभियान थालेका हौ । उनले भने , ,स्वास्थ्य चेतनाको कमी र अज्ञानता सँगै लाजका कारण जुम्लाको ग्रामिण बस्तीमा बस्ने महिलाले पाठेघरको समस्या लुकाउने गर्छन्। जसकारण यसको भयावह अवस्था आउन नदिनका लागी सर्वोदय नेपालले पठेघर पिडीत महिलालाई उपाचारमा सहयोग पनि गर्दै आएको छ
त्यस्तै स्थानीय सरकारले विभिन्न कार्यक्रममार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलालाई सचेतना फैलाएर सावधानी अपनाउने कामलाई निरन्तता दिर्दै आएको तिलागाउपालिकाका उपाध्यक्ष बिष्णुमाया बुढाले बताइन । उनले भनिन ,द्वन्द्व कालमा विद्रोही पक्षले समेत छाउपडी प्रथा हटाउन ठूलो प्रयास गरेको थियो ,। अहिले पनि हामी बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुईगोठमुक्त घोषण गर्ने अन्तिम चरणमा छौ । यो अभियानले छुई गोठमुक्त मात्रै नभइ महिला हिंसा, महिला माथि भएको कार्यबोझ कम गर्ने जस्ता बिषयमा जोडपुग्ने छ । यो अभियान एक नगरपालिका सहित जुम्लाका ७ वटै गाउँपालिकामा चलाउनु पर्ने आवश्यक छ।

सम्बन्धित समाचार