मानवअधिकार आयोगले ग¥यो , सीमा क्षेत्र र ग्रामिण बजारमा अनुगमन
जुम्ला ः मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले मानिसहरुको आगमन भइरहने क्षेत्रमा अनुगमन गरेको छ । आयोगले सीमा क्षेत्र र ग्रामिण बजार क्षेत्रमा अनुगमन गरेको हो। मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले कोरोना हटस्पोट नेपालगंज सुर्खेत देखि आउने यात्रुको व्यवस्थापन जुम्ला विमानस्थलमा प्रभावकारी हुन सकेको बताएको छ । आयोगका अनुसार कोरोनाको महामारीमा नेपालगञ्ज, सुर्खेतदेखि आउने र जुम्लादेखि जाने यात्रुको व्यवस्थापन भद्रगोल नै देखिएको हो। आयोग कर्णाली प्रदेश शाखा जुम्लाले जुम्ला विमानस्थलमा गरेको अनुगमनका क्रममा जहाजबाट आउने यात्रुबाट नै कोरोना संक्रमणको खतरा देखिएको पाइएको हो। मानवअधिकार अधिकृत किरण बराम तथा सूचना अधिकारीले भने , बिना सावधानी आन्तरिक विमानस्थल हुँदै ह्वारहवारती यात्रु आउन थालेपछि जहाजले कोरोना नै ओसारीरहेको आभाष भइरहेको छ ।
कोरोना संक्रमण तीव्र फैलिइरहेको बेला सुर्खेत र नेपालंगजदेखि आउने यात्रु र विमानस्थलको व्यवस्थापनको निकै कमजोर देखियो, उनले भने,‘यो कमजोरीले सिंगो जिल्ला नै कोरोना हटस्पोट बन्न सक्ने खतरा छ। यसका लागी समयमै सरोकारवालाको ध्यान पुगाउन जरुरी छ ।’ ‘विमानस्थलमा न हेल्थ डेक्स छ, नत डाटा रेकर्ड नै। यो स्वास्थ्य र सुरक्षाको हिसावले राम्रो मानिदैन।’ जुम्लामा कुन यात्रु कहाँबाट भित्रियो कुनै तथ्यांक राखिएको छैन।विमानस्थलका कर्मचारी ग्लोब नगरि सामान ओसारपसार गरिराखेका छन्।
कोरोना हटस्पटबाट आएका सामान, ब्याग सेनिटाइज गरिएको छैन। मानवअधिकार अधिकृत बरामले भने,‘मास्क मुखमा मात्रै लगाउने नाक नछोप्ने, आगन्तुक यात्रुले सामाजिक दूरी कायम नगर्ने, प्रहरीले सामाजिक दूरी कायम गर्न गरिएको आग्रह नमान्ने र यात्रु लिन विमानस्थलमा पुगेको आफन्तले पनि सावधानी नअपनाउने जस्ता कार्य गरेको अनुगमनका क्रममा भेटिने गरेको छ ।
जहाजले सेडुल उडान नगरेर चार्टर उडान गर्दा यात्रु मर्कामा परेको समेत अनुगमनमा भेटिएको थियो। टावरले फेसशील्ड भाइजर अनिवार्य लागु गराइएको भेटिएको थियो। अधिकृत किरण बरामले भने , स्थानीय तह प्रशासनबीच समन्वय अभाव भइरहेको र सबै मिलेर जिम्मेवार बनाउनु पर्ने बताए।
आयोगको अनुगमन टोलीले कर्णाली स्वास्थ्य बिज्ञानप्रतिष्ठामा कोभिडको पूर्व तयारी, प्रतिकार्य लगायत को अवस्थाको बारेमा समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा अस्पतालमा ७ जनाको उपचार भईरहेको छ । प्रतिष्ठानमा रहेको अक्सिजन प्लाण्ट बन्द अवस्थामा रहेको आयोगले बताएको छ , भने , पि डाईरेक्ट रूपमा १० ओटा बेडको लागि अक्सिजन सुचारु भएको पाइयो सूर्खेत बाट २ जना संक्रमित उपचार भईरहेको पतिष्ठानले बताएको छ । कोभिड डेडीकेट एम्बूलेंस र सब बहान अभाव रहेको छ ।