यही फागुन २१ मा हुने निर्वाचनको लागी ११८ महिला सहित ६४८ कर्मचारी परिचालन

जुम्ला  : जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई यसपटक महिला मैत्री तथा समावेशी बनाईएको छ ।जुम्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ६४८ जना कर्मचारी मतदान केन्द्रमा खटिएका छन्, जसमध्ये ११८ जना महिला कर्मचारी रहेका हुन ।ती महिलामध्ये ७ जना मतदान अधिकृत र २६ जना सहायक मतदान अधिकृतका रूपमा रहेका छन्।

यसले निर्वाचन व्यवस्थापनमा महिलाको नेतृत्व र सक्रियता दुवै बढेको देखिन्छ ।जिल्लाको चन्दननाथ माध्यमिक विद्यालय मा रहेको एक मतदान केन्द्र भने पूर्ण रूपमा महिला कर्मचारीको टोली द्वारा सञ्चालन हुने भएको छ।उक्त केन्द्रमा मतदान अधिकृतका रूपमा सुर्खेत जुम्ला उच्च अदालतकी शाखा अधिकृत सुषिला पाण्डे सहायक मतदान अधिकृतका रूपमा डिभिजन वन कार्यालयकी बिस्मिता अर्यालको नेतृत्वमा महिला टोली परिचालित भएको जनाइएको छ।यो पहलले महिला मतदातालाई अझ सहज, सुरक्षित र आत्मविश्वासी वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।
जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४८ जना कर्मचारी मतदान केन्द्रमा खटिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने ६५४ जनामध्ये ६४८ जना कर्मचारी आजै सम्बन्धित मतदान केन्द्रमा पठाइएको हो।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश आनन्दराज पन्त का अनुसार जिल्लाका १०८ वटा मतदान केन्द्रमा १०८ जना मतदान अधिकृत, १०८ जना सहायक मतदान अधिकृत, १०८ जना सहयोगी तथा ३२४ जना अन्य कर्मचारी खटाइएको छ। जिल्लामा कुल ११० मतदान केन्द्र रहेकामा १०८ केन्द्रमा आज कर्मचारी परिचालन गरिएको र बाँकी दुई अस्थायी मतदान केन्द्रका लागि ६ जना कर्मचारी खटिन बाँकी रहेको जनाइएको छ। उहाँका अनुसार कर्मचारी खटन पटन समानुपातिक र पारदर्शी तरिकाले गरिएको हो।

स्थानीय कर्मचारीलाई आफ्नो मतदान केन्द्र भन्दा टाढा खटाइएको छ ,भने दुर्गम र दूरीका आधारमा सेवा सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ। यस पटक कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारीलाई खटाइएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिनुभयो।

कर्मचारी खटन पटनका लागि जिल्ला जनशक्ति व्यवस्थापन समितिले १,४९९ जना कर्मचारी छनोट गरी पठाएको थियो, जसमध्ये ६५४ जना निर्वाचनमा खटिने तय गरिएको छ। निर्वाचनलाई व्यवस्थित, पारदर्शी र महिला मैत्री बनाउने उद्देश्यले आवश्यक तयारी पूरा गरिएको कार्यालयले जनाएको छ।कुल ११० मतदान केन्द्र मध्ये १०८ मा कर्मचारी आजै पठाइएको छ भने बाँकी दुई अस्थायी केन्द्रका लागि ६ जना कर्मचारी खटिन बाँकी रहेको छ। सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार यस पटक कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारीलाई परिचालन गरिएको छ।

कर्मचारी खटन पटन समानुपातिक र पारदर्शी ढंगले गरिएको तथा स्थानीय कर्मचारीलाई आफ्नै मतदान केन्द्रभन्दा टाढा खटाइएको बताइएको छ।जिल्ला जनशक्ति व्यवस्थापन समितिले १,४९९ जनामध्ये ६५४ जना कर्मचारी छनोट गरेको थियो। निर्वाचनलाई व्यवस्थित, पारदर्शी र महिला मैत्री बनाउन आवश्यक तयारी पूरा गरिएको कार्यालयले जनाएको छ।यस पटकको निर्वाचनमा देखिएको महिला सहभागिता केवल संख्या मात्र होइन, नेतृत्व र विश्वासको प्रतीक बनेको छ। जुम्लाले समावेशी लोकतन्त्रतर्फ एक सकारात्मक सन्देश दिएको छ ।

सम्बन्धित समाचार