जुम्ला समृद्ध अन्तर संवादमा आएनन ज्ञान बहादुर शाही,नरेश भण्डारीको स्पष्ट भिजन, युवाहरुकाे उत्साहपूर्ण सर्मथन

जुम्ला : जुम्लामा जेनजी समुहले आयाेजना गरेकाे ‘जुम्ला समृद्ध, अन्तर संवाद’ कार्यक्रममा राप्रपा बाट उम्मेदवार बनेका निवर्तमान सांसद ज्ञान बहादुर शाही उपस्थित भएनन । कार्यक्रम जुम्ला सदरमुकाम खलंगा स्थित खेलकुद विकास समितिको मैदानमा आयोजना गरिएको उत्त कार्यक्रममा उनी बाहेकका नाै जना उम्मेदवार आएका थिए ।

जेनजीहरुले यश अघि साे कार्यक्रम जाजरकोटमा गरेका थिए भने दाेस्राे पटक जुम्ला गरेका हुन । उनिहरुका अनुसार कर्णाली प्रदेशका अरु जिल्लाका उम्मेदवार हरु संग पनि अन्तर संवाद रहेकाे छ।
‘जुम्ला समृद्ध अन्तरसंवाद’ कार्यक्रममा नेपाली कम्युनिस्ट पाटिका विकासप्रेमी तथा भिजनरी नेताका रूपमा परिचित उम्मेदवार नरेश भण्डारी प्रभावशाली ढंगले प्रस्तुत भएका थिए ।
जुम्ला सदरमुकाम खलंगास्थित खेलकुद विकास समितिको मैदानमा सम्पन्न कार्यक्रममा राप्रपाका उम्मेदवार ज्ञान बहादुर शाही अनुपस्थित रहँदा, उपस्थित उम्मेदवारहरूमध्ये नरेश भण्डारीले आफ्नो स्पष्ट एजेन्डा र दूरदर्शी सोच प्रस्तुत गर्दै नागरिकको ध्यान केन्द्रित गरेका थिए।

कार्यक्रममा सहभागी नौ उम्मेदवारमध्ये भण्डारीले जुम्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक, खस सभ्यता ,बिधुत र पर्यटनलाई प्राथमिकतामा राख्दै ठोस योजना सार्वजनिक गरे। उनले जुम्लालाई मदर जिल्ला बनाउन सकिने बताउँदै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने, कृषि उत्पादनलाई व्यावसायिक बनाउने र पर्यटन पूर्वाधार विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे।उनले भने,”अब जुम्ला सम्भावनाको कुरा मात्रै होइन, कार्यान्वयनको चरणमा जानुपर्छ। हामीले योजना होइन, परिणाम दिनुपर्छ।जुम्लाले अहिले डाक्टर उत्पादन गर्दैछ ।उनका अनुसार जुम्ला नपाली भाषा उत्पत्ति भएकाे जिल्लाहाे हामीले दुखका गित गाउनेलाई केही भन्नू छैन ।हामीले आमा जिल्लाकाे रुपमा बिकास गर्छाै र संसार भरीका नागरिकलाई आफ्नाे पुर्खाकाे थलाेमा आउन आवान गर्छाै ।
अन्तरसंवाद कार्यक्रममा स्थानीय नागरिकहरूले सोधेका प्रश्नहरूको उनले स्पष्ट र आत्मविश्वासका साथ जवाफ दिएका थिए। युवाहरूले रोजगारी, शिक्षा सुधार र कृषि आधुनिकीकरणका विषयमा उठाएका जिज्ञासामा उनले दीर्घकालीन रणनीति प्रस्तुत गरेपछि कार्यक्रमस्थलमा सकारात्मक माहोल बनेको थियो।

कार्यक्रमको सहजीकरण जेनजी कर्णाली प्रदेश संयोजक सुप्रिया राज्यलक्ष्मी शाहीले गरेकी थिइन्। उनका अनुसार कर्णालीलाई समृद्ध बनाउने साझा उद्देश्यसहित अन्तरसंवाद सञ्चालन गरिएको हो।

जुम्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १० जनामध्ये ९ जना कार्यक्रममा सहभागी भए। उपस्थित उम्मेदवारहरूले आफ्ना योजना राखे पनि, नरेश भण्डारीको प्रस्तुति स्पष्ट कार्यदिशा र विकासमुखी दृष्टिकोणका कारण विशेष रूपमा आकर्षणको केन्द्र बनेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा, जुम्लाको विकासका लागि स्पष्ट भिजन र योजनासहित अघि बढेका भण्डारीप्रति युवादेखि आम नागरिकसम्म सकारात्मक चर्चा बढ्दै गएको देखिन्छ।
जुम्लालाई समृद्धिको नयाँ मार्गमा लैजान सक्ने नेतृत्वको खोजीमा रहेका मतदातामाझ नरेश भण्डारी बलियो विकल्पका रूपमा उभिएको विश्लेषण गरिएको छ।
संवाद उपस्थित हुनेमा नेपाली कम्युनिस्ट पाटीका बिकास प्रेमी तथा भिजनरी नेताका रुपमा परिचत नरेश भण्डारी नेपाली काँग्रेसका दीप बहादुर शाही,नेकपा एमालेका शान्तिलाल महत, रास्वपाका विनिता कठायत, नेपाल मजदुर किसान पाटीका विर्ष बहादुर रावत, नेकपा माओवादीका विर्ष बहादुर शाही, प्रलोपाका मनऋषि धिताल ,नेपाल जनता पार्टीका रनिल विक्रम शाही र स्वतन्त्र उम्मेदवार भक्त बहादुर रावल हुन।