जुम्लाका ४० जनामा कोरोना संक्रमण,

दिलमाया शाही
जुम्लाका ४० जनालाई कोरोना संक्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले परीक्षण गरेको रिर्पोटमा जुम्लाका ४० जनालाई पोजेटिभ देखीएकोे प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विधुत प्राधिकरणका कर्मचारी ४ जना , अदालतका एक जना, तिला गाउँपालिकामा २ जना, तातोपानी गाउँपालिकाका २ जना, सिञ्जा गाउँपालिकाका १ जना, पातारासी गाउँपालिकाका १ जना, कनकासुन्दरी गाउँपालिका १ जना,मा कोरोना पोजेटिप देखीएको छ ।

त्यस्तै पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जना गरी ४० जनामा संक्रमण देखिएको हो । जुम्लाका चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले जुम्ला सदरमुकाम उच्च जोखिममा रहेकोले त्रास थपिएको अस्पताल निर्देशक रावलले बताए । स्थानीय प्रशासनले संक्रमण फैलिन नदिन भन्दै लामो समय देखी निषेज्ञाआज्ञा गरेर आधा दिन खुकुलो भएको दुई दिन नपुग्दै पुन संक्रमण बढेपछि थप त्रास फैलिएको छ ।

१४ गते संकलन गरिएको स्वाबमा धेरैको पोजेटिभ देखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसुलेसनमा रहेका ११ जना, र हिमा गाउँपालिकाको आईसुलेसनमा रहेका २१ जना डिस्चार्ज भएका छन् ।संक्रमण देखिएका सवैलाई आईसुलेशनमा राख्न तयारी भईरहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले बताए । उनका अनुसार बुधवार विहान सुरक्षा समितिको वैठक तथा कोभिड व्यवस्थापन समितिको वैठक बोलाईएको छ ।कोरोनाले जेलिरहेको समयमा गाउँमा धार्मिक मेला रोकिएका छैनन् । अहिले पनि भिभिभाड गरी पुजा गर्ने क्रम जारी छन । अहिले भेला हुने समय नभएको हुदा सचेत हुन स्थानीय प्रशासनले पटकपटक आग्रह गर्दै गर्दै आएको छ ।