सुरक्षा मापदण्ड पालन गरे नगेरको बारेमा जुम्ला बजार अनुगमान
दिलमाया शाही
नागरिकको दैनिकिलाई मध्यनजर गर्दै जुम्ला बजार ७ घण्टा खुला गरिएको छ । गत साउन ३२ गते देखी निषेधाज्ञा गरेको प्रशासनले नागरिकलाई खाद्ययन्न अभाव हुन नदिनका लागी अहिले सात घण्टा बजार खुला गरेकोे छ । ’पसलमा सामान किनबेच गर्दा अनिवार्य रुपमा पञ्जा लगाउनु पर्ने प्रशासनले ब्यापारीका लागि सर्त तोकेको थियो । तर ब्यापारीले प्रशासने तोकेका सर्त पालन नगरे पछि मगंलबार बजार अनगमान गरिएको छ । प्रशासनले पटकपटक आग्रह गर्दा पनि ब्यापारीले अटेरी गरेपछि उद्योग बाणिज्य संघ प्रशासन बिच आइतबार छलफल भएको थियो । प्रशासन र उद्योगबाणिज्य संघ बिचको छलफल बाट जुम्ला बजारको प्रत्यक टोलटोलमा उद्योगबाँणिज्य संघले सोमबार देखी स्वयमसेवक परिचालन गरेको थियो ।
जुम्ला बजारको कालिखोली लाइमा देवेन्द्र उपाध्याय र रेणु हमाल (शाही ,) बस्पार्क लाइमा रुपेस धराला र कर्ण नेपाली , कार्की बाडा लाइनमा अनिल रोकाया र बृर्ख कार्की लागायत, जुम्ला बजारका बिभिन्न स्थानमा गरी एक दुइजनाका दुरले १४ जना स्वयमसेवक परिचालन गरिएको छ । उद्योग बाँणज्यसंका पारस उपाध्यायका अनुसार परिचालित गरिएका स्वयमसेवक सबै ब्यवसायिक हुन । उनिहरुले सबैले तोकिएका ठाउका ब्यापारी लाई अनियबार्य रुपमा साबुन पानी र सेनिटाइजर राख्न सुझाव दिने काम गर्ने छन । उनिहरुले दिएको सुझावलाई ब्यापारीले अटेरी गरेको खण्डमा स्वयमसेवकले प्रशासन समक्ष खवर गर्नु गर्ने छन । जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालन नगर्ने ब्यापारीको पसल प्रशासनले बन्द गर्ने चेतावनी दिएको छ । बजारमा खाद्ययन्न अभाव हुन थालिरहेको समयमा स्थानीय प्रशासनले जुम्ला बजार सात घण्टा बजार खुला रहने ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । उहाले भन्नुभयो ब्यापारीले सुरक्षाका मापदण्ड पालन नगरेकाले हामीले स्वयमसेवक परिचालन गर्न लागएका छौ ।
अब पसल संञ्चालकले सेवा दिदा पुर्ण रुपमा जनस्वास्थ्य सेवाको मापदण्ड अनुसार काम गर्नुपर्ने छ । कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण र संक्रमण फैलन नदिन जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भएको छ ।उहाका अनुसार ब्यापारी लाई दुई मिटरको समाजिक दुरीमा गोलो घेराको व्यवस्था गर्नु पर्ने पसल र ग्राहकलाई छुट्याउने गरि डोरीको व्यवस्था गर्न भनिएको छ ।
बजारमा हिडडुल गर्दा दुई जना भन्दा बढि समुह बनाई हिडडुल गर्न पाइने छैन । प्रत्येक ब्यापारीले पसलको अगाडी तथा देखीने ठाउमा अनिवार्य रुपमा साबुन पानी र सेनिटाइजर राख्नु पर्ने छ । मापदण्ड पालन नगर्ने जो सुकैलाई कार्वाही गरिने छ् । कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण र संक्रमण फैलन नदिन जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालन गरे नगरेको बारेमा उद्योग बाँणिज्यसंघ , प्रहरी प्रशासनले अनुगमान गरेको छ। प्रशासनले बजार सरसफाइको बारेमा पहिलो पटक अनुगमान गरेको हो। यस अघि पटकपटक कोरोना भाइरसको संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण ब्यापारीलाई सुरक्षाका मापदण्ड पालन गर्न आग्रह गर्दै आएको थियो । जुम्ला बजारका ब्यापारीले पुर्णरुपमा सुरक्षा मापदण्ड अपनाएका थिएनन, ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा ,साहयक प्रमुख जिल्ला अधिकारी ओमप्रकास देवकोटा , उद्योग बाँणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुरी चन्द्र देवकोटा, प्रहरी नायब उपरिक्षक लालबहादुर धामी लगायतको टोली बजार सरसफाइ अनुगमानमा पुगेपछि झण्डै ५ महिनाको अबधिमा ब्यापारीले आफ्नो पसल अगाडी साबुन पानी र सेनिटाइजर राखेका छन । मंगलबार जुम्लाका सबै ब्यापारीलाई सरसफाइका समाग्री अनिवार्य राख्ने प्रशासनले निर्देशन गरे पनि बस्पार्क लाइनका ब्यापारीले राखेका छैन । उनिरुलाई तत्काल सरसफाइका समाग्री नराखेको खण्डमा पसल बन्द गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।








