कोरोना संक्रमित बढेपछि जुम्लामा अनिश्चतकालिन निषेधाज्ञा ।

जुम्ला ः जुम्लामा कोरोना संक्रमित बढेपछि अनिश्चतकालिन निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको स्वाब परिक्षणमा चन्दननाथ नगरवालिका , ,तातोपानी गाउपालिका लगायत क्षेत्रमा संक्रमित बढेपछि अर्को आदेश नहुजेल सम्मका लागी जुम्लामा निषेधाज्ञा जारी गरिएका हो ।भदौ १७ गते दिउसो १ बजेदेखि अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा गरिएको छ । मिति २०७७ । ५ महिना १७ गते दिउसो १ बजेदेखी लागुहुनेगरी निषेधाज्ञा जारी गरिएको छ । कोभिड १९को संकट ब्यवस्थापन केन्द्रको बैठकले चन्दननाथ नगरपालिकाका पुर्वको दाङसाघु , पचिश्चमको उमगाड , उत्तरको कर्णाली प्राविधिक शिक्षालय , र दक्षिणमा तिला नदि सम्मको चार किल्लाक्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

चन्दननाथ नगरपालिकाको बढि सम्पर्क हुने बिन्दुमा रहने ब्यक्तिहरुको स्वाब संकलन गरि पिसिआर परिक्षण गर्दा बिषयगत्त कार्यालयका कर्मचारीमा कोरोना पोजेटिभ देखीय पछि प्रशासनले निषेधाज्ञा गरेको हो । नगरपालिका गाउपालिकाका बिभिन्न क्षेत्रमा कार्यरत्त ब्यक्तिमा कोरोनाको रिर्पोट पोजेटिभ आएपछि जुम्ला बजारमा निषेधाज्ञा गरिएको साहयक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताउनु भयो ।उहाले भन्नुभयो,‘समुदायस्तर सम्म हुन सक्ने फैलावटलाई मध्येनजर गर्दै जुम्लामा निषेधाज्ञा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार अर्को आदेश नहुन्जेल सम्मको लागि सार्बजनिक रुपमा हिडडुल तथा आवतजावत गर्न पाइने छैन् । अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नुहने,होटल, रेष्टुरेण्ट, व्यवसाय, संघसंस्था, कार्यालय खुला गर्न पाइनेछैन् । कुनै पनि किसिमको जमघट,भेला कार्यक्रम सञ्चालन गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो ।धार्मिक पर्व, जात्रा, महोत्सव आयोजना गरि चलाउन पाइदैन् । कुनै किसिमको भोजभत्तेर पार्टीको आयोजना तथा उत्सव मनाउन मनाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ औषधी पसल र स्वास्थ्य सेवा बाहेक अरु सम्पुर्ण सेवाहरु बन्द गरिएको छ ।