जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना, एकको मृत्यू , एक घाईते

जुम्ला ः जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना भएको छ । हिमा गाउँपालिका १ आचार्य लिहीमा स्याउ वोकेको ट्रक दुर्घटना भएको हो ।हुदा चालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धले बताए । उनका अनुसार बाग्मति प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधवार राती दुर्घटना हुदा मकवानपुर निवासी चालक अविनाश लामाको निधन भएको हो । सो दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाईते हुुनु भएका छन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाईतेको रातीनै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याईएको र थप उपचारका लागि रिफर गरिएको छ । घाईते न्यौपानेको टाउकोमा चोट लागेको छ ।
त्यस्तै हिमा गाउँपालिका १ का वडाध्यक्ष रतन बहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका वडा नम्बर १ को बझाङगे खोलामा भएको छ ।

दुर्घटना पछि घाईतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको र प्रारम्भिक उपचार खर्च पनि व्यहोरिएको छ । यस्तै मृतकलाई समेत भेनको व्यवस्था हिमा गाउँपालिकाले गरेर सदरमुकाम ल्याईएको थियो ।

त्यस्तै जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ट्रक राती दुर्घटनाको खबर पाएपछि हिमा गाउँपालिका १ मा रहेको प्रहरी चौकीले उद्धार गरेको हो । प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाई नेतृत्वको टोली घाईतेलाई तत्काल कर्णाली प्रतिष्ठानमा रिफर गरेको थियो भने मृतकको उद्धार गरेको जनाएको छ ।नाग्म गमगडि राजमार्ग अन्तरगत हिमा गाउँपालिकाको सो क्षेत्रमा दुर्घटना हरेक बर्षमा बढ्दै गएको छ । यस अघि २ वटा दुर्घटना त्यही क्षेत्रमा दुर्घना भएको थियो । सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरुले जनाएका छन् ।