दौड प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान

जुम्ला ः कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भएकोे नवौं राष्ट्रिय खेलकुद छनोट प्रतियोगितामा बिभिन्न स्थान हाँसिल गर्ने जुम्लाका खेलाडीलाई सम्मान गरिएको छ । कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भएको पाँच हजार मिटर दौड प्रतियोगितामा सहभागी भएका खेलाडी लाई सम्मान गरिएको हो । कर्णाली स्पोर्टस् क्लब जुम्लामा आवद्ध खेलाडीको हौसाला बढाउनका लागी शनिबार जिल्ला खेलकुख बिकास समितिले सम्मान गरेको छ ।

जुम्लाका प्रकाश कठायत पुरुषतर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएका थिए । जुम्लाकै शेरबहादुर अधिकारी द्वितीय भएका थिए । त्यस्तै जुम्लाकै अन्तिमा बुढा महिलातर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएकी थिइन । एक सय मिटर दौड प्रतियोगितामा महिलातर्फ जुम्लाकी समिता बुढा द्धितिय भएकी थिइन ।

त्यस्तै चार सय मिटर दौड प्रतियोगितामा पुरुषतर्फ जुम्लाका अर्जुन बुढाले प्रथम, स्थान हाँसिल गरेका थिए । चार सय मिटर दौड प्रतियोगितामा महिलातर्फ जुम्लाकी निशा पाण्डे द्वितीय भएकी थिइन ।
त्यस्तै जुम्लालाई दौड प्रतियोगिता मार्फत चिनाउने यि खेलाडीको मनोबल उच्च राख्नका लागी सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिब संगिता आर्चायले बताइन । उनले भनिन, खेलकुद क्षेत्रलाई राज्यले नै प्राथमिकताका आधारमा बजेटहरु विनियोजन गर्न सकेको अबस्था छैन ।

तर पनि यस क्लवमा आबद्ध खेलाडीले जुम्लाको नाम राष्ट्रिय अन्तराष्टीय स्तरमा चिनाउने सफल भएका छन । उनले दौडप्रतियोगितामा प्रथाम द्धितिय, स्थान हाँसिल गर्नेलाई तृतिय खेलाडीहरूलाई बधाई तथा शुभकामना दिइन । उनले खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको बताइन । सदस्य सचिब आचौयले खेलाडीहरूलाई व्यवसायिक ढंगबाट अगाडि बढ्न अनुरोध गर्दै आफ्नो तर्फबाट गर्न सक्ने सहयोगको लागी तयार रहेको बताइन ।

सम्बन्धित समाचार