जुम्ला पुगेका मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण :सिंजा र पर्वतीय विश्वविद्यालय विधेयक कनि अगाडी बढेन

जुम्ला ः जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकहरले ध्यानाकर्षण पत्र बुझाएका छन । मुख्यमन्त्री शाहीलाइ सिंजा र पर्वतीय विधेयक पास अगाडी बढाउन दवाब दिएका हुन। मुख्यमन्त्री शाहीलाई जुम्लाका बुद्धिजीवि र नागरिकले ज्ञापन पत्र दिदै ध्यानाकर्षण गरेको बताएको छ । कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता भएका पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारित गर्न ध्यानाकर्षण गरिएको हो ।मुख्यमन्त्रीलाई दिईएको ज्ञापनपत्रमा भनिएको छ ,ति विधेयक कर्णालीको अस्तित्व सँग जोडिएका विधेयक हुन । ति विधेयक कर्णालीका दुई मुख्यमन्त्री हुदा पनि पास गर्न किन कन्जुस्याई गरिएको छ ।

जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश चन्द्रखत्री सहितको बुद्धिजीविहरुको टिमले होटल कान्जेरुवामा गएर मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गरिएको छ ।
जापन पत्रमा आगामी मंसिर ४ गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदहरुको कार्यकाल समाप्त हुनु अगाबै माथि उल्लेखित महत्वपूर्ण विधेयकहरु अविलम्ब अगाडि बढाई पास गर्नको लागि नेतृत्वदायि भूमिका निर्वाह गरिदिन हुन हामी सम्पूर्ण जुम्लीबासी अनुरोध गर्दछौं ज्ञापनपत्रमा भनिएको छ,।हामीले आशा र भरोसा गरेका छौं, यहाँको कार्यकालमा यी दुईवटै विधेयकले मूर्तरुप लिनेछन र कार्यान्वयनको चरणमा पुग्नेछन् ।

उक्त ज्ञापन बुझ्दै मुख्यमन्त्री शाहीले यो बिषयमा माओवादीकै मुख्यमन्त्री महेन्द्रबहादुर शाही ४ बर्ष र सांसद नरेश भण्डारी स्वयंले साढे ३ बर्ष मन्त्री हुदा किन पास नगरेको भन्दै जवाफ दिए । उनले विश्व विद्यालय यो स्रोतले चलाउन सक्ने स्थिति नभएको बताए । उनी भन्छन , यहा मावि स्तरमा बिद्यालय संञ्चालनमा कठिन भएको अवस्था छ । क्यामपसहरुलाई ब्यवस्थित बनाउन सकिएको छैन । उनले भने, यसकारण यि बिधेयक संसद भण्डारीे हतारमा गरिएको निर्णय जस्तै हुन । यो कर्णालीमा संभव छैन । अब हुदैन पनि ,। मंसिरमा संघ र प्रदेशको चुनाव नजिकिएकाले संभव छैन । यि बिधेयकका बारेमा मुख्य मन्त्री मात्रै नभइ समितिले ल्याउने हो । त्यो समितले समेत यसको छलफल चलाएको छैन ।
त्यस्तै मुख्यमन्त्री शाहीले सिजा सभ्यता संरक्षण तथा बिकास बिधेयक आबश्यक नभएको बताए । उनले कर्णाली प्रज्ञा प्रतिष्ठान बनाइने भएकाले सबै त्यसैमा समेटिने बताए । उनले भने, जुम्लाले सिजा सभ्यता भनेर छुट्टै बनाएको खण्डमा सबै जिल्लाले आफ्नो आफ्नो सभ्यता खोज्ने समस्या बढ्ने प्रतिक्रिया दिए ।कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक जुम्लाका सांसद नरेश भण्डारीले दर्ता गराएको विधेयक हो । यि दुवै विधेयक ससद्य स्थगित भएपछि अहिले अन्यौल अवस्थामा छन् ।

सम्बन्धित समाचार