जुम्लामा स्याउ महोत्सव हुदै

जुम्ला ः जुम्लामा स्याउ महोत्सव हुुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो । महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए । महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवद्र्धन हुने आयोजकको विश्वास छ । दुइ दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकको दाबी छ । सोही अवसरमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । जुम्ला हुने स्याउ महोत्सवमा लोकप्रिय तथा ख्याती प्रप्त कलाकार प्रकाश सपुत आउने तालिका रहको छ ।यसअघि २०७५ मा पनि पहिलो महोत्सव गरिएको थियो । २०७६मा दोस्रो स्याउ महोत्सव भएको थियो । दुइ वर्ष कोरोनाका करण रोकिएको थियो ।

त्यस्तै जुम्ली स्याउको उत्पादन, बजारीकरण र प्रवद्र्धनका लागि जुम्लामा पहिलो पटक स्याउ महोत्सव गरिएको छ ।
स्याउ महोत्सवका माध्यमबाट जुम्ली स्याउको पहिचान बारे जानकारी गराई स्याउ पर्यटनको आधार तर्जुमा गर्ने लक्ष्य राखिएको छ । काञ्जीरोवा मासिक पत्रिकाले स्याउसँग सरोकार राख्ने निकायहरू कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन, बागवानी अनुसन्धा केन्द्र राजीकोट खाद्यय प्रबिधि तथा गुणनियन्त्रण डिबिजनकार्यालय , र जुम्ला सबै पालिकाका कृषि शाखालाई अनुरोध गरिएको कर्णाली स्पोट क्लवका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, यसका कर्णाली स्पोट क्लबले पनि सहयोग गरेको छ । जुम्ला हुने दुइ दिने स्याउ महोत्सवको लागी आउने कलाकारको खानाको ब्यवस्था होटल दौंतरीले सहयोग गर्ने भएको छ ।
२७ गतेका दिन जुम्ला स्याउ उत्पादन गर्ने किसान संग अन्तरक्रिया कार्याक्रम राखीएको कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए । उनका अनुसार स्याउ महोत्सवमा प्रदर्शनिमा सहभागी हुने किसानले कम्तीमा पनि ५ किलो स्याउ ल्याउनु पर्ने छ । राम्रो र गुणस्तर स्याउ उत्पदन गरेका किसानको लागी मुल्याङको अधारमा प्रथम र द्धितिय र तृतिय छानोट गरिने छ । कार्कीका अनुसार स्याउ महोत्सवमा स्याउका विभिन्न परिकारको स्टल राखिने छ । स्याउको जुस, जाम, जेली, लस्सी, एप्पल मिल्कसेक, मालिन चानालगायतका परिकार स्टलमा राखिने छ ।
त्यस्तै नेपाल पत्रकार महसंका उपाध्यक्ष दिलमाया शाहीले स्याउ महोत्सवको अबधि बढाउन आबश्यक रहेको छ । उनका अनुसार कम्तीमा यसको अबधि एक हप्ता हुन जरुरी छ । भदौ १५ गते बाट मात्रै जुम्लाको स्याउ टिप्ने भएकाले यस कृषि सम्बन्धी काम गर्ने निकायले आबश्यक बजेटको ब्यवस्था गरी स्याउ मेला संञ्चालन गर्न जरुरी छ । उनले भनिन,यसले गर्दा जुम्लाको नाम बेचेर नेपालका बिभिन्न शहरमा काँचो स्याउ बिक्रि गर्ने प्रचलनमा कमी आउने देखिन्छ । जुम्लामा भदौमा स्याउ महोत्सव गरी बाह्य तथा अन्तरिक पर्यटकलाई जुम्लाका स्याउ रुखमै देखाउन सकेको खण्डमा अन्य ठाउको कँचो स्याउ बचेर जुम्ली स्याउको बदनामी गर्ने काम केही हदमा कमी गर्न सकिने छ ।









