जुम्लालाई गरियो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

जुम्ला ः कर्णाली प्रदेशको हिमाली जिल्लाका रुपमा रहेको जुम्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ बिहिबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको जनस्वाथ्य कार्यालयका प्रमुख कृष्ण सावकोटाले बताए ।

जुम्लाका एक नगरपालिका र सातवटा गाउँपालिका यसअघि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको बताए । उनले सोही आधारमा जिल्लालाई पनि घोषणा गरिएको छ । घोषणा कार्यक्रम कर्णाली प्रदेशका मुख्य मन्त्री जिवन बहादुर शाहीको उपस्थितीरहेको थियो ।कार्यक्रममा वोल्दै जिल्ला संमन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बाललिकाहरुलाई सम्पुर्ण खोपको पहुँचमा पु¥याई जिल्ला घोष्णाको कार्यक्रम गर्ने प्रति आभार प्रकर्ट गरे । उनले विभिन्न रोगबाट मुक्त हुनुका लागी बालबालिकालाई खोप महत्वपुण हो ।

सबैले खोप पाएकाले उनीहरुमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुने बताए । त्यस्तै मुख्य मन्त्री जिवनबहादुर शाहीले बालबालिकाहरुलाई विभिन्न खोपको मात्रा पुरा गरी पुर्ण खोप सुनिश्चित घोषणा गरिएको बताए । उनले पूर्ण खोप सुनिििश्चत घोषणा कार्यक्रममा जनस्वाथ्य सेवा कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई धन्बाद दिए । जनस्वाथ्य सेवा कार्यालयले पूर्ण खोप सुनिििश्चत घोषणा कार्यक्रम सफल पार्नका लागी सहयोग गर्ने सहयोगी निकाय जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधिहरुलाई सम्मान गरेको थियो ।