नवौँ राष्ट्यि खेलकुद प्रतियोगितमा सहभागिहुन नपाएको भन्दै फुटबल खेलाडीले लगाए ताला

जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन् । २१ भदौँ देखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला लगाएका हुन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै फुटबल खेलाडी भनेका छन् जुम्लाबाट फुलबल खेल बाहेक अरु सवै खेल प्रतियोगितामा खेलाडी छनोट प्रतियोगिता खेलमा सहभागी गराएका छन् ।

नवौँ राष्ट्यि खेलकुट छनोट प्रतियोगितमा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिको कार्यालयसँग चासो राख्दा पनि खेलाडी पठाउन पैसा कम छ । कुनै प्रतियोगिता हुदैन छनोट मात्र हुने भन्ने भ्रममा पारेर फुटबल खेलाडीलाई छुटाएको रुवेन भण्डारीले बताए । उनले भने जुम्लाबाट ११ जना फुटबल खेलााडी माग गरिएको थियो । छनौट प्रतियोगिता हुने होइन ।

खाली खेलाडी हेरेर छनोट मात्र हुने हो भनेर भ्रममा पार्ने काम भयो । तर छनौट प्रतियोगिता खेल नै भएपछि फुटबलर खेलाडीले कार्यालयमा लाता लगाउनु परेको हो ।जिल्लामा खेलकुदका कार्यालय छन् । पैसा पनि आउन्छ । तर लामो समयदेखि खेलकुदका कुनै पनि गतिविधि हुने गरेका छैन । नवौ राष्ट्यि खेलकुद प्रतियोगिताका लागि पनि जिल्लाबाट खेलकुद छनौट प्रतियोगिता नै नगरी खेलाडी प्रदेशमा पठाएको प्रति सरोकारवाला निकायको ध्यानाकर्षण गर्दछौँ खेलाडी जीवन खत्रीले भने । यस विषयमा सरोकारवाला निकायलाई सत्यतथ्य छानविनका लागि माग गर्दछौँ ।
जिल्ला खुलकुद विकास समिति जुम्ला अध्यक्ष धनकृष्ण पाण्डेका अनुसार नवौँ राष्ट्यि खेलकुद प्रतियोगिताको खेलाडी छनौटका लागि लामो समय सुचना टाँससहित प्रसारणसमेत गरेका गरेका हौँ । एन्फाका उपाध्यक्ष राजबहादुर खत्रीसहित खेलाडी उपस्थिति भएको बेला खेलाडी छनौटका लागि फाराम भर्न पनि अनुरोध गरिएको अध्यक्ष पाण्डेले बताए । उनले भने हाम्रो अर्काे खेल पनि छ । खेलाडीलाई खर्च रुपिया पनि कम भएको भन्दै छनौट जान मानेका होइनन् । सुर्खेतमा खेलकुद परिषद्का सदस्य सचिव पनि आउदै छन् । यो विषयमा थप छलफल गरेर समस्या समाधान गर्ने छौँ ।

सम्बन्धित समाचार