बालिका करणीमा आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहादुर गरेको आरोपमा चन्दननाथ नगरपालिका – ७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले साउन २८ गते बेलुका गिरफ्तार गरेको छ । प्रहरीले सोही नगरपालिका – ५ जुगाड खोलाबाट गिरफ्तार गरेको हो । पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय जुम्लामा साउन २९ गते नै उजुरी दिएकी हुन् ।
यौन दुव्र्यवहार घटनाका आरोपित महतले पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छोरी बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी ०७९ बैशाख महिनादेखि घरमा लगिएको थियो ।
आमाले दोस्रो बिहे गरेकाले पीडित बालिका जाजरकोट जिल्ला कुशे गाउँपालिकाबाट आमासँगै जुम्ला आएकी हुन् । आमाले बजारमा व्यापार गरी बस्न थालेपछि आमासँगै जुम्ला बजार आएकी हुन् । बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई यौन दुव्र्यवहार घटनाका आरोपित महतले छोरी बनाएर पालनपोषण गर्ने भनेर लगेको बुझिएको छ ।
पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक करणी गरेको बुझिएको छ । महतले करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि बाबा भन्ने राति आफूलाई श्रीमान् स्विकार्न दवाब दिँदै आएको बुझिएको छ ।
छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने औषधि(विष) खाएको बताइन । तिबालिका चन्दननाथ नमुना बिद्यालयमा कक्षा ४मा अध्यायनरत्त थिइन । जुम्लामा स्कुल जाने वातावरण नभएपछि बालिका मामाघर जाजरकोट पठाएको छ
बालिका करणी हुदा सुतेका निकयाहरु
यसरी कलिला बालबालिकामाथि गिद्धे नजर लगाउने र कुत्सित इरादा पूरा गर्ने यौन दुराचारीहरू को निशामा परीरहेकी बालकाको लागी यहा सरोकारवाला निकाए महिनौ दिन सम्म सुतेका छन । यस बिषमा यहाँ काम गर्ने ,बालबालिकाको अधिकारमा काम गर्ने जिल्ला बाल समिति पनि छ । सबै पालिकामा महिला शाखा पनि छन । सामाजिक बिकास कार्यालय पनि यही छ ,। महिला सेवा केन्द्र पनि छ । ओसिएमसि पनि छ । यस्तै यो क्षेत्रमा काम गर्ने अरु गैरसरकारी संस्था पनि छन ।








